बानेश्वर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल

बानेश्वर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल

केन्द्रबिन्दु
742
Shares

बृहत् नागरिक आन्दोलनले नयाँ बानेश्वर तनावग्रस्त बनेको छ ।

भ्रष्टाचारजन्य कसुरको हदम्यादमा गर्न लागिएको संशोधनविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीसँग धकेलाधकेल भएको हो । शनिबार दिउँसो उनीहरु माइतीघरबाट मार्चपास गर्दै बानेश्वर पुगेका हुन् ।

सरकारले भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्‌ले गरेका भ्रष्टाचारजन्य काम कारवाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा संशोधन गर्न लागेकोमा उनीहरुकाे आपत्ति छ ।

Logo