भ्रष्टाचारविरुद्ध बालुवाटारमा प्रदर्शन, हदम्याद अमान्य [तस्विरहरु]

भ्रष्टाचारविरुद्ध बालुवाटारमा प्रदर्शन, हदम्याद अमान्य [तस्विरहरु]

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरुले बालुवाटार घेराउ गरेका छन् ।

शनिबार ⁠भ्रष्टाचारमा हदम्यादको कुरा स्वीकार्य नहुनेलगायत विभिन्न मागहरु राख्दै युवाहरूको समूहले बालुवाटारमा आन्दोलन गरेका हुन् । सोही क्रममा, नागरिक पहिलो अभियान केन्द्रीय जनपरिचालन कार्यदलको संयोजक मिलन कान्छा किरातीले देशमा वैधानिक रुपमा लुट मच्चाइ रहेको भन्दै बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई चेतावनीको रुपमा पनि घेराउ गरेको बताए ।

उनले भने, ‘अहिले देशमा वैधानिक रुपमा लुट मच्चाइएको छ । यो नागरिकले सहन सक्दैँन् । देशको विकास गर्ने हो भने भ्रष्टाचारलाई पहिलो नम्बरमा सकाउनु पर्छ र संविधानको लागि काम गर्नुपर्छ । बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई एउटा चेतावनीको रुपमा पनि घेराउ हो । बालुवाटारमा बसेर ठिक ढङ्गले काम नगर्ने हो भने खाली गर्नुपर्ने अवस्था आउँछ भनेर सचेत पनि गराउन आएका छौं ।’

यस्तै, उनले देशको समृद्धि र विकासको लागि सबैभन्दा पहिला भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्ने भन्दै भ्रष्टाचारलाई पनि हदम्याद राखेर वैधानिक बनाउने कुरा स्वीकार्य नभएको बताए ।

उनले भने, ‘मुठिभरका शासक र दलहरुले देशका युवाहरुलाई र जनताको अधिकारलाई खोस्नु भएको छ । खोसिएको अधिकार र देशको समृद्धि एवम विकासका लागि पहिले भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्छ । भ्रष्टाचारलाई हदम्याद राखेर वैधानिक बनाउने कोशिस भएको छ । पाँच वर्षको हदम्याद कुनै पनि हिसाबले लागू हुनुहुदैँन् । स्वीकार्य हुदैंन भन्नको लागि युवाहरु सडकमा उत्रिएका छन् ।’

उनीहरुले ⁠गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितताको काण्डमा अनुसन्धान गर्न तथा ⁠वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न माग गरेका छन् ।

Logo