दाङबाट नेपालगन्ज जाँदै गरेको बस बाँकेमा दुर्घटनाः दुई जनाको मृत्यु, २५ जना घाइते

दाङबाट नेपालगन्ज जाँदै गरेको बस बाँकेमा दुर्घटनाः दुई जनाको मृत्यु, २५ जना घाइते

केन्द्रबिन्दु
387
Shares

रूपन्देही । दाङबाट नेपालगन्ज जाँदै गरेको बस बाँकेको जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा, १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Logo