काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् अवरुद्ध हुने भएको छ । आज रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टासम्म विद्युत् अवरुद्ध हुने विद्युत् प्राधिकरणले सूचना जारी गर्दै जनाएको हो ।

असन फिडरअन्तर्गत रत्नपार्क बगैँचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने छ ।

रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेसनभित्र, विशाल बजारअगाडि, गणेशस्थान, ट्रमा हस्पिटलपछाडि केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । यी ठाउँमा भूमिगत तारसम्बन्धी काम चलिरहेको छ ।

Logo