कोशीसहित अन्य १३ नदीमा सतर्कता तह पार, बाढीको खतरा

कोशीसहित अन्य १३ नदीमा सतर्कता तह पार, बाढीको खतरा

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरूमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ ।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले खतरा तह पार गरिसकेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।

Logo