झ्याप्ले खोलाको पहिरोमा थप १० जनाको शव फेला

झ्याप्ले खोलाको पहिरोमा थप १० जनाको शव फेला

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका ९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका थप १० जनाको शव निकालिएको छ ।

आइतबार ८ पुरुष र २ महिला गरी गाडीबाट १० जनाको शव निकालिएको प्रहरीले बताएको छ ।

यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरूको संख्या २४ पुगेको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो । पहिरोमा बस र माइक्रोबसहरू पुरिएको बताइएको छ।

Skip This
Skip This
Logo