काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध छन् ।
काठमाडौँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । नेपाल प्रहरीले मंगलबार बिहान नौ बजे गरेको अपडेटअनुसार काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ ।
यस्तै, भीमफेदी कुलेखानी, सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया