काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ। बिहीबार घटस्थापनाको बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।
दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।































प्रतिक्रिया