झापा । झापाको अर्जुनधारा नगरपालिका ३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका छन् ।
४६ वर्षीय चौहानले धारिलो फलामको दाउले घाटीमा प्रहार गरेर फरार भएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको संयुक्त टोली संयुक्त खटिएको थियो ।
टोलीले चौहानलाई सोमबार साँझ जुकेखाडी जंगलमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको हतियारसहित फेला पारेको थियो । चौहानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया