काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् अवरुद्ध

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् अवरुद्ध

केन्द्रबिन्दु
87
Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

बाटोको बीचमा रहेको पोल हटाउनका लागि फिडर सटडाउनमा राख्नुपरेकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।

महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका स्थानहरूमा बिजुली अवरुद्ध हुने बताइएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको नयाँबजार फिडरअन्तर्गत पर्ने बिष्णुमती नदीपूर्व नयाँबजारबाट सोह्रखुटे हुँदै म्हेपि मन्दिर पूर्व भाग मनाङ्गे गेट, भ्याली कोल्ड स्टोर वखतीपोखरी, ईन्द्रायणी मन्दिर सम्मका क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

महाराजगन्ज वितरण केन्द्रको धापासी फिडरअन्तर्गत बसुन्धारा, टोखारोड, बानियाटार, ग्राण्डि वरिपरि एरियामा बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ । लगनखेल वितरण केन्द्रको खुमलटार फिडर र रिङरोड फिडरअन्तर्गत पर्ने चापागाउँ दोबाटो, ढोलाहिटी, साङपाङ चोक, सुनाकोठी, ठेचोलगायतका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुनेछ ।

Logo