काठमाडौँ। नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ।
सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ। यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ। आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रका जानकार रामचन्द्र गौतमले जानकारी दिए। यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ।
आजै कुकुरको पनि पूजा गरिँदै छ। पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अपराह्न ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी सुरु हुनेछ। लक्ष्मीपूजा औँसीमा गर्नुपर्छ।































प्रतिक्रिया