काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विभिन्न ८ स्थानमा छठ पर्व मनाइने भएको छ । मेयर बालेन साहका अनुसार छठ पर्व व्यवस्थापनका लागि महानगरले ८ स्थान तोकेको हो ।
महानगरले गौरीघाटको वडा नं. ८, कोटेश्वर दोभानस्थित वडा नं. ३२, कमलपोखरीको वडा नं. १ वंशीघाटको ११ नं वडा र बालाजु बाइसधाराको वडा नं. १६ सहित धौखेल खोला, कुमारी क्लब तथा भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाउन स्थल व्यवस्थापन गरिएको मेयर बालेनले जनाएका छन् ।
काठमाडौँ महानगरपालिकाले ती स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम द्रूत गतिमा गरिरहेको उनले बताएका छन् । यस कार्यमा सम्बन्धित वडा कार्यालय पनि खटिरहेको मेयर साहले जानकारी गराएका छन् ।































प्रतिक्रिया