छातीमा छुरा रोपेर महिलाको हत्या, सोल्टी नाता पर्ने पक्राउ

छातीमा छुरा रोपेर महिलाको हत्या, सोल्टी नाता पर्ने पक्राउ


इटहरी । सोल्टी नाता पर्ने व्यक्तिले एक महिलाको हत्या गरेका छन् । इटहरी ४ माखिम टोलमा डेरा गरी बस्ने ३० की सोनिया राईको सोही स्थान बस्ने लालबहादुर राईले छातीमा छुरा रोपेर हत्या गरेका हुन् ।

हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीदे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुवै जना लामो समयदेखि सँगै बस्दै आएका थिए।

दुई सन्तानकी आमा सोनियाका श्रीमान सुर्यबहादुर दर्जी रोजगारीका लागि साउदी अरेबियामा छन् । दुवैबीच खटपट रहेको र श्रीमान दर्जी दुई महिनादेखि सम्पर्कमा छैनन् । उनीहरु दुवैजना लामो समयदेखि ‘लिभिङ टुगेदर’ बस्दै आएका थिए ।

पक्राउ परेका राईले हत्या अभियोग स्वीकार गरेको प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए। मृतक राईका १३ वर्षकी छोरी र ९ वर्षका छोरा छन्।

के कारणले हत्या गरेको भन्ने खुल्न आएको छैन् । दुवै जना एउटै घरमा डेरा गरेर बस्ने गरेकाले शारीरिक सम्पर्कको कारण खटपट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Logo