कामबाट हटाएको विरोधमा नेपाल टेलिकमका २९ कर्मचारी आन्दोलित

कामबाट हटाएको विरोधमा नेपाल टेलिकमका २९ कर्मचारी आन्दोलित

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाल टेलिकममा कार्यरत २९ जना कर्मचारी आन्दोलित भएका छन् । स्थापनाकालदेखि नै कार्यरत कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा हटाइएको भन्दै आन्दोलित भएका हुन् ।

२ दशकभन्दा लामो समयदेखि त्यहाँ सरसफाइको काम गर्दै आएका कर्मचारीलाई टेलिकमले कात्तिक १२ गते कामबाट हटाएको थियो । आफूहरूलाई बिनासूचना र सेवासुविधा कामबाट हटाएको भन्दै कात्तिक १४ गतेबाट उनीहरू बबरमहलस्थित टेलिकमको कार्यालयमा धर्ना बसेका छन् ।

धर्ना बसिरहेका मजदुरमाथि धरपकड भएको भन्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गरी जेटीयूसीसीले कुटपीटमा संलग्न प्रहरीमाथि कारवाहीको माग गरेको छ ।

Skip This
Skip This
Logo