भक्तपुरमा बालिकाको शव फेला

भक्तपुरमा बालिकाको शव फेला

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको कटुन्जेमा शव फेला परेको छ। अन्दाजी ११ बर्षिय बालिकाको शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले शवको पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाएको छ। शव गलेको अबस्थामा फेला परेकाले धेरै दिन अघि नै मृत भएको हुन् सक्ने प्रहरीको अनुमान छ।

गत पुस २७ गते शैक्षिक भ्रमणका लागि भक्तपुर आएका सुनमाया तामाङ् हराएकी थिइन्। काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नं. ११ गैराथोक घर भएर वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षकी तामाङ् अझै फेला पर्न सकेको छैन।

विद्यालयले नै ल्याएका उनी  भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा हराएकी थिइन् । हराएकी सुनमायाका बाबु धनबहादुरको पहिले नै मृत्यु भएको र आमा पूर्णिमाले पनि छोडेर गएपछि उनी हजुरआमाको रेखदेखमा थिइन् । उनका २ दिदीबहिनी छन् । हराएको दिनदेखि नै उनको खोजी जारी रहेको महानगरिय प्रहरीवृत्त भक्तपुरले जनाएको छ ।

यदपि आज फेला परेको शव उनकै हो वा अरु कसैको भन्ने प्रहरीले पुष्टि गरेको छैन । शव अहिले पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर लामाका अनुसार मृतकले लगाएको चप्पल र कपडा मिलेको छ । सबै हुलिया पनि मिलेको तर अनुहार पहिचान हुन सकेको छैन ।

Skip This
Skip This
Logo