ओशोधारा बुद्धनगर ध्यान केन्द्रद्वारा एक दिवसीय ध्यान तथा प्रज्ञा कार्यक्रम आयोजना

ओशोधारा बुद्धनगर ध्यान केन्द्रद्वारा एक दिवसीय ध्यान तथा प्रज्ञा कार्यक्रम आयोजना

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । ओशोधारा बुद्धनगर ध्यान केन्द्रले एक दिवसीय ध्यान तथा प्रज्ञा कार्यक्रमको आयोजना गरेकाे छ । काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा उक्त ध्यानयोग कार्यक्रम सम्पन्न भएको हो।

ओशोधाराका संस्थापक समर्थगुरु सिद्धार्थ औलियाद्वारा प्रवर्द्धिधत ध्यान र प्रज्ञा गरी दुई सत्रमा आयोजना भएको उक्त कार्यक्रम बिहान ७ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन भएको थियो ।

यस कार्यक्रमबाट जीवनप्रतिको सकारात्मक दृष्टिकोण, शान्तिका लागि जागरणको कला, सम्बन्धहरूमा सुमधुरता, ध्यान र प्रेमको आशिषका साथै दिव्य जीवनको सुरुवात गर्न साधकहरू समर्थ हुने समर्थगुरूबाट नियुक्त नेपालकी राष्ट्रिय संयोजक मञ्जु शर्माले जानकारी दिइन्।

ध्यान र प्रज्ञाको माध्यमबाट मानव शरीरको आन्तरिक ऊर्जा जगाउने र यसले खुशीका साथै सजिलैसँग प्रेम र आरामको महसुस गराउने पनि उनले बताइन् ।

यसैगरी कार्यक्रममा डा. गोपाल भट्ट (स्वामी कृष्ण सखा)ले एक दिवसीय ध्यान तथा प्रज्ञा कार्यक्रम आयोजना गर्नुको उद्देश्य स्वयंसँग जोड्न, आनन्दित जीवन जिउन र आध्यात्मिक जीवनका लागि बिज रोप्नु रहेको बताए ।

ओशोधाराका आचार्य शान्तम श्रीले ध्यान तथा प्रज्ञाले मनभित्र रहेको छटपटी र अशान्ति हटाउँदै शान्ति दिने बताए ।

Skip This
Skip This
Logo