बम दिदिबहिनीलाई निर्मलाका ‘मतियारा’ भन्दै हिड्ने सावित्री अहिले उनीहरुकै पक्षमा

बम दिदिबहिनीलाई निर्मलाका ‘मतियारा’ भन्दै हिड्ने सावित्री अहिले उनीहरुकै पक्षमा

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी

काठमाडौं । एकासमय थियो बम दिदिबहिनी निर्मला पन्तका ‘मतियार हुन’ भन्दै हिडेकी थिईन् महिला अधिकारकर्मी सावित्री सुबेदी । रोशनी बम र बबिता बमलाई बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मतियार हुन भन्दै सावित्रीले चर्को आवाज उठाईन् ।

त्यतिमात्र नभएर कञ्चनपुर नै पुगेर बम दिदिबहिनीलाई हिरासतमा लिएर अनुसन्धानन गर्दै कडा कारवाही गर्नुपर्ने माग समेत राखिन् । निर्मला साथी रोशनीको घरमा होमवर्क गरेर फर्किने बेला हराएकी थिईन् । त्यसपछि सबैले रोशनी र उनकी दिदी बबितामाथि आरोप लगाईयो । उनीहरु नै उक्त घटनाका मुख्य योजनाकार हुन भन्दै उनीहरुको घरमा समेत तोडफोड गरियो ।

प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्दा घटनामा संलग्न रहेको कुनै ठोस प्रमाण फेला पार्न सकेन् । सरकारी तथा विभिन्न संघसंस्थाले गठन गरेका छानविन समितिले भने स्थानीयको भनाईको आधारमा उनीहरुलाई आरोपी तथा मुख्य योजनाकार बनाईदियो ।

त्यसपछि उनीहरुमाथि थप आक्रोश व्यक्त गरियो । त्यसमा सबैभन्दा बढी आक्रोश पोख्नेमा थिईन्, तिनै सावित्री सुवेदी । धेरै पटकको अनुसन्धानपछि पनि उनीहरु संलग्न रहेको कुनै प्रमाण फेला पर्न नसकेपछि क्लिन चिट पाए । तर उनीहरुमाथि लागेको सामाजिक कलंक भने मेटिएन् । उनीहरु आम जनमानसको नजरमा दोषी नै बनिरहे ।

यतिसम्म की उनीहरु घरभन्दा बाहिर हिड्दा समेत मुख लुकाएर हिड्नुपर्ने अवस्था सिर्जना भयो । जुन अहिले पनि जारी छ । जुन आरोप खेप्दैं आएका छन् । त्यसको यर्थात कुरा बाहिर ल्याउन भन्दै उनीहरु यतिबेला काठमाडौंमा छन् । उनीहरुलाई तिनै महिलाअधिकारकर्मी सावित्रीले कञ्चनपुरबाट हवाई जहाज मार्फत काठमाडौं लिएर आएकी हुन् । उनीहरुलाई सावित्रीले नै आश्रय दिएकी छन् ।

केही दिन अघि सावित्रीको सक्रियतामा पत्रकार सम्मेलन पनि गरियो । पत्रकार सम्मेलन मार्फत आफुहरु निर्दोष रहेको बम दिदिबहिनीले दावी गरे । ‘यदि हामीहरु दोषी भए जेल हाल्नुहोस् तर हामीलाई जुन रुपमा लगाईएको आरोप छ । त्यो अन्त्य होस्’ उनीहरुको चाहना थियो ।

डलर खाएर निर्मलाको न्यायका लागि लड्दै आएका केही महिला अधिकारकर्मीहरुबाटै असुरक्षा बढेको भन्दै सावित्रीले उनीहरुलाई काठमाडौं ल्याएकी थिईन् । केही समय अघि निर्मला हत्याका मतियार हुन भन्दै हिड्ने सावित्रीले अन्ततः उनीहरुलाई बोकेपछि सबैको मनमा नयाँ प्रश्न खडा भएको छ ।

अनुसन्धानबाट उनीहरु निर्दोष ठहरिएको भन्दै सावित्रीले अब बम दिदिबहिनीले पनि न्याय पाउनुपर्ने बताईन् । त्यो बेला जारी गरिएको विभिन्न प्रतिवेदनले बम दिदिबहिनीलाई दोषी देखाएकाले आफुले पनि मतियार भनेको सावित्रीको भनाई छ । तर अहिले प्रहरी अनुसन्धानले घटनामा उनीहरुको संलग्नता रहेको प्रमाण नै फेला नपरेकाले आफुले साथ दिएको सावित्रीको तर्क छ ।

‘ति दिदिबहिनीलाई पनि अन्याय हुनुहुदैंन । पटक–पटकको अनुन्धानले पनि उनीहरुको संलग्नता छैन् भन्दै क्लिन चिट दिईसक्यो । निर्मला घटनामा उनीहरु मतियार होईनन् भन्दै प्रहरीले चिट दिईसकेपछि पनि उनीहरुमाथि किन आरोप ? उनीहरुको पनि चरित्र हत्या हुनुभएन् नि । बम दिदिबहिनीलाई पनि जीवन जिउने अधिकार छ । हो त्यो अधिकार हनन् हुनुहुदैंन भनेर म चाही उनीहरुको पक्षमा आवाज उठाईरहेकी हुँ’ सावित्रीले भनिन् ।

त्यतिबेला ईन्द्र प्रसाद अर्यालले जारी गरेको प्रतिवेदनमा बम दिदिबहिनीलाई मतियार बनाईएको भन्दै सोही प्रतिवेदनको आधारमा आफुपनि उनीहरुविरुछ उभिएको सावित्रीको भनाई छ । ‘अर्यालको प्रतिवेदनमा बम दिदिबहिनी घटनाको मुख्य मतियार हुन, उनीहरुको घरमा भिआईपी मान्छेहरुको आवातजावत हुन्छ, जेठी छोरी डान्सबारमा काम गर्छिन्, जस्ता आरोप लगाईएको थियो ।

सोही प्रतिवेदनको आधारमा मैले पनि मतियार हुन भनेकी हुँ । तर अहिले त प्रहरीले उनीहरुको संलग्नता नरहेको पुष्टि गरिसक्यो नि । फेरिपनि उनीहरुमाथि यस्तो आरोप किन ?’ भन्दै सावित्रीले प्रश्न गरिन् ।

निर्मलालाई न्याय दिलाउने वाहनामा डलर खाएर आफ्नो दुनो सोझ्याउन खोज्ने कञ्चनपुरका केही महिलाअधिकारकर्मीका कारण बम दिदिबहिनीमाथि असुरक्षा बढेको सावित्रीको ठम्याई छ । यस्तै भाषा बम दिदिबहिनीले पनि बोल्दैं आएका छन् । कञ्चनपुरमा बस्दा आफुलाई यन्याय तथा ज्यान मार्ने धम्की नै आएको भन्दै राज्यसँग सुरक्षाको माग गर्दै काठमाडौं आएको उनीहरुको भनाई छ ।

उनीहरुलाई कसले ज्यान मार्ने धम्की दियो ? भन्नेबारे कञ्चनपुर प्रहरीलाई कुनै पनि जानकारी छैन् । कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायत भन्छन्, ‘उनीहरुलाई कसले ज्यान मार्ने धम्की दियो ? कहाँबाट असुरक्षा आयो ? भन्नेबारे हामीलाई कुनै गुनासो वा उजुरी आएको छैन् । आएको खण्डमा उनीहरुलाई सुरक्षा प्रदान गर्नेदेखि अनुसन्धान गर्ने सम्म काम गरिन्थ्यो ।’

Skip This
Skip This
Logo