एससिटी–युपिआइ कार्डधारकहरूले सिभिल मलमा निःशुल्क पार्किङ गर्न पाउने

एससिटी–युपिआइ कार्डधारकहरूले सिभिल मलमा निःशुल्क पार्किङ गर्न पाउने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सिभिल मलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) युपिआइ कार्डधारकहरूलाई निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरूले आफ्नो एससिटी–युपिआइ कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । डिसेम्बर १, २०२४ (मङ्सिर १६, २०८१) देखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागू हुने जनाइएको छ ।

एससिटी–युपिआइ डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo