१० तस्बिरमा हेर्नुहोस स्वस्थानी ब्रत, शालीनदीमा विशेष मेला

१० तस्बिरमा हेर्नुहोस स्वस्थानी ब्रत, शालीनदीमा विशेष मेला


काठमाडौं । आजदेखि श्रीस्वस्थानी व्रत सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सोमबारदेखि सुरु भएको हो ।

भक्तपुरको हनुमानघाट स्थित त्रिवेणीघाटमा ब्रतालु । तस्विरः रमेश गिरी, भक्तपुर, रासस

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ हरेक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ ।

भक्तपुरको हनुमानघाट स्थित त्रिवेणीघाटमा ब्रतालु । तस्विरः रमेश गिरी, भक्तपुर, रासस

यसै अवसरमा साँखुस्थित शालीनदीमा विशेष मेला लागेको छ । त्यहाँ एक महिनासम्म मेला लाग्ने गर्दछ । मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटृै श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् ।

पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन् । व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको छ ।

Logo