कैलालीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेपछि आत्महत्या

कैलालीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेपछि आत्महत्या

केन्द्रबिन्दु
0
Shares

कैलाली । एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले २५ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरेर आफूले झुण्डिएर आत्महत्या गरेका हुन् । प्रेमलालले श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गरेका थिए ।

आइतबार बिहान साढे ६ बजेतिर उनले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । त्यसपछि भुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका उनलाई स्थानीयले पासो काटेर अस्पताल पुगाएका थिए । तर उनको उपचारका क्रममा बिहान सवा ८ बजे मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिमिल्सेनाले जानकारी दिए ।

धारिलो हतियार प्रहार गरी एकको हत्याः
अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। दुई समूहविच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुदा गोदावरी नगरपालिका १ का १९ वर्षिय अरुण भट्टको मृत्यु भएको हो।

अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउदा भट्टको मृत्यु भएको एसपी तिमिल्सेनाको भनाई छ । मृतक भट्टको दाँया र बाँया छातीमा गहिरो चोट छ ।

घटना लगतै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो। त्यहाँबाट सेती अञ्चल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो। झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन्।

झडपमा संलग्न भई तारिलो हतियार प्रहार गर्ने समूहको पनि पहिचान भइसकेको तर फरार रहेका छन् । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Logo