तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
273
Shares

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

यो साता आर्थिक समस्या आउनसक्छ । अज्ञात भय र चिन्ता रहनेछ । भविष्यमा अनिश्चितता रहनेछ । बाधा आउनेछ तर सोमबार र मंगलबारबाट स्थितिमा सुधार आउनेछ। आत्मविश्वास बलियो रहनेछ र प्रतिष्ठा प्राप्त हुनेछ। आम्दानीमा बृद्धि र काममा गति रहनेछ । साताको अन्त्यमा धन लाभ हुने सम्भावना छ ।

मन प्रसन्न रहनेछ र यात्राको अवसर मिल्नेछ।व्यापारमा तिव्रता आउनेछ र जागिरमा प्रभुत्व रहने छ । अधुरा कामहरू पूरा गर्न र नयाँ कार्यहरूको योजना बनाउन समय बित्नेछ। यस अवधिमा तपाईंको आत्मविश्वास बढ्नेछ । योजना बनाउँदा आफ्नो क्षमतालाई ध्यानमा राख्नुहोस् र अरूको भरमा नपर्नुहोस्।तपाईंको कार्यहरू सामान्यमा फर्कन केही समय लाग्नेछ, तर तपाईंले यस समयमा हतार नगर्नु पर्छ। कुनै पनि नयाँ परियोजना सुरु गर्नुअघि, यसको सबै पक्षहरू राम्ररी समीक्षा गर्नुहोस्।

यस समयमा काममा थप सजगता अपनाउनु पर्ने देखिन्छ । यो साता कार्यस्थलमा केही नयाँ कुरा सिक्ने प्रयास गर्न सक्नुहुन्छ। नयाँ प्रविधिको अभ्यास गर्न सकिन्छ । अनुसन्धान कार्यमा संलग्न व्यक्तिहरूले राम्रो कुरा सिक्न पाउनेछन्। सानो लगानीले ठूलो नाफा कमाउन सक्छ। नयाँ गाडी किन्ने योग छ । विवादित विषय समाधान हुने सम्भावना छ । बिहीबारदेखि काममा सफलता मिल्नेछ ।

उपाय- हरेक दिन ॐ नम शिबाय जाप गर्नुहाेस् ।

वृष राशि

यो साता तपाईंले आफ्नो सोच र जीवनशैलीमा परिवर्तन ल्याउन गम्भीरतापूर्वक विचार गर्नुपर्छ । तपाईंले आफ्नो बाह्य व्यक्तित्वलाई पनि तदनुसार ढाल्ने प्रयास गर्नुपर्छ, ताकि मानिसहरूले तपाईको बारेमा सही धारणा बनाउन सकून्। व्यवसाय विस्तार योजना पूर्णरुपमा तयार भइसकेको र कार्यान्वयन गर्ने बेला आएको छ ।

आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोस् र विश्वास गर्नुहोस् कि तपाईं सही बाटोमा हुनुहुन्छ ।तपाईको कामप्रतिको समर्पणको कदर हुनेछ। विद्यार्थीहरूका लागि यो साता शुभ रहेको छ । यदि तपाईं जागिरे हुनुहुन्छ भने तपाईंले हप्ताको पहिलो भागमा कार्यस्थलमा केही समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ।

यस समयमा, तपाईंका विरोधीहरु सँग धेरै सावधान रहनु आवश्यक छ किनभने उनीहरुले तपाईंकाे काम बिगार्ने षड्यन्त्र गर्न सक्छन् ।

साताको प्रारम्भमा अविवाहितहरूलाई विवाह प्रस्तावको आउन सक्छ ।यो साता समय अनुकूल रहनेछ। रोकिएको धन प्राप्त हुनेछ र समयमै काम सम्पन्न हुनेछ। यात्रा लाभदायक रहनेछ र शुभ समाचार प्राप्त हुनेछ । सोमबार र मंगलबार साथीभाइसँग सावधान रहनुहोस्। धनको अभाव र प्रतिद्वन्द्वीका कारण समस्या आउन सक्छ । नराम्रो विचारको प्रचुरता रहनेछ। भाग्य अनुकूल रहनेछ, काममा गति आउनेछ ।

साताको अन्त्यमा व्यस्तता बढ्नेछ र धन आर्जन हुनेछ। अहंकारलाई कुनै ठाउँ नदिनुहोस्, किनकि यसले तपाईको काममा बाधा उत्पन्न गर्न सक्छ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस्।यस अवधिमा कुनै पुरानो रोग वा मौसमी रोगको प्रादुर्भावले शारीरिक पीडाको सम्भावना रहन्छ।

उपाय- ॐ घृणि सुर्याय नम दैनिक १०८ जप गर्नुहाेस् ।

मिथुन राशि

यो साता योजनाबद्ध कार्य समयमै सम्पन्न हुनाले उत्साह र साहस बढ्नेछ । तपाईं भित्र सकारात्मक विचारहरू हावी हुनेछन्। यही सकारात्मकताका कारण तपाईं जनतामाझ लोकप्रिय रहिरहनुहुनेछ । कार्यस्थलमा अगाडी बढ्ने र काम गर्ने तपाईको झुकावको प्रशंसा हुनेछ।

यो साताको मध्यमा चिन्ता बढ्न सक्छ। शत्रुहरूले काम बिगार्ने प्रयास गर्नेछन्। योजनाहरू असफल हुन सक्छन्। रहस्य खुल्न सक्छ। आम्दानी बढ्नेछ र विरोधीहरू पछि हट्नेछन्। काममा सफलता मिल्नेछ । साताको अन्त्यमा फेरि सावधानी अपनाउनुपर्नेछ। अपेक्षाहरू पूरा हुनेछैनन्। नजिकका मानिसहरूबाट सावधान रहनुहोस् र आर्थिक हानि हुनसक्छ ।

यो साता साझेदारीमा कुनै नयाँ कामको थालनी गर्न हतार नगर्नुहोस्। अनैतिक कार्य गर्ने शत्रु र मित्रहरूबाट टाढा रहनुहोस्। साथीभाइ र परिवारका सदस्यहरूसँगको सम्बन्ध राम्रो रहनेछ।तपाईं आफ्नो रचनात्मक क्षमता कुशलतापूर्वक प्रयोग गर्न सक्षम हुनुहुनेछ। सोचेर काम गर्नुहोस् र आफ्नो अधिकार बारे सचेत हुनुहोस्। घरपरिवारबाट राम्रो सहयोग मिल्नेछ । धैर्य र समझदारीले काम गर्नु राम्रो हुनेछ। तपाईको कुनै पनि मनोकामना पूरा हुन सक्छ । आफ्नो जिम्मेवारीप्रति वफादार हुनुहोस्।

उच्च सम्मानित व्यक्तिहरूसँग सुमधुर सम्बन्ध रहनेछ। व्यापारमा मन्दी भएता पनि आफ्नो काम राम्ररी सम्पन्न हुनेछ। विशेषज्ञ सल्लाह लिनु तपाईंको हितमा हुनेछ। साताको मध्यमा करियरको दृष्टिकोणले निकै राम्रो रहनेछ। यो साता सुनका गहना किन्न सकिनेछ। परिवारमा कुनै शुभ कार्य वा उत्सव हुन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।घरमा कलहको सम्भावना छ । अरूबाट बहकिनबाट बच्नुहोस्।

उपाय- गणेश चालिसा नियमित पाठ गर्नुहाेस् ।

कर्कट राशि

यो साता मिश्रित रहने छ । साताको प्रारम्भमा भाग्यबाट अपेक्षित सहयोग नपाएकाले करियर तथा व्यापारमा केही कठिनाइको सामना गर्नु पर्नेछ । यद्यपि, तपाईंका साथीहरू जीवनको कठिन समयमा धेरै सहयोगी साबित हुनेछन् । यो साता नियम-कानून उल्लङ्घन गर्नबाट जोगिनु होला, अन्यथा आर्थिक हानिका साथै प्रतिष्ठामा पनि ठेस पुग्न सक्छ। पहिलो हाफको तुलनामा साताको दोस्रो भाग अलिकति राहत मिल्नेछ।

यस अवधिमा तपाईंको जीवनसँग सम्बन्धित समस्याहरूमा केही कमी आउनेछ। उच्च अधिकारीहरूको सहयोगमा कामसँग सम्बन्धित समस्याहरू समाधान हुनेछन्। कार्यस्थलमा नेतृत्व गर्ने अवसर मिल्नेछ । व्यापार व्यावसायीहरुको मन्दी हटेर व्यापार व्यावसायले गति लिनेछ ।

सातामा तपाईंको प्रगतिले तपाईका इच्छित कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। शत्रु पक्ष कमजोर स्थितिमा रहनेछ । कार्यस्थलमा तपाईंको स्थिति कायम राख्न निकै चुनौतीपूर्ण हुन सक्छ । विपक्षीहरू सक्रिय रहनेछन् तर तपाईंको प्रभावशाली व्यक्तित्वका कारण अन्ततः कमजोर साबित हुनेछन्।

यो समयमा तपाईको उत्साह बढ्नेछ। दाम्पत्य जीवनमा सम्बन्धमा मधुरता आउनेछ। तपाईं आफ्नो बच्चाको विकासको लागि केही महत्त्वपूर्ण काम गर्न सक्नुहुन्छ। धर्म र अध्यात्ममा रुचि बढ्नेछ। कुनै पनि तीर्थयात्रा वा धार्मिक कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ ।

उपाय- शिव पञ्चाक्षर स्तोत्र नियमित पाठ गर्नुहाेस्, शिवलिंगमा जल चढाएर शिवको पूजा गर्नुहोस्।

सिंह राशि

यो साता शुभ रहने छ । करियर र व्यापारमा अनुकूलता रहनेछ। केही समयदेखि भइरहेको अनावश्यक खर्चमा कमी आउनेछ । आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। संचित धनमा वृद्धि हुनेछ । साताको उत्तरार्ध व्यापार व्यावसायीहरुका लागि थप शुभ र लाभदायक रहनेछ । पर्यटन सम्बन्धी करियरमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिनेछ। यस अवधिमा सरकारी मामिलामा राहत मिल्नेछ।

सम्बन्धको दृष्टिकोणले यो साता निकै शुभ रहनेछ । कामको गति सुस्त र आम्दानी कम रहनेछ। उत्साहको कमी रहनेछ । समय बर्बाद हुनेछ। सोमबार र मंगलबार आम्दानी बढ्न सक्छ। विदेश जानेका लागि यात्राको सम्भावना छ र बाधा अवरोधहरू समाप्त हुनेछन्। सन्तानबाट खुशी र सहयोग मिल्नेछ। शुक्रबार र शनिबार शुभ समाचार प्राप्त हुनेछ। धन आर्जन हुनेछ । परिवारसँग समय बिताउने अवसर मिल्नेछ। भर्खरको भेटघाट वा कसैसँगको मित्रता प्रेम सम्बन्धमा परिणत हुन सक्छ। विगतमा चलिरहेको प्रेम सम्बन्ध अझै प्रगाढ हुनेछ ।

परीक्षा र प्रतियोगिताको तयारी गरिरहेका विद्यार्थीहरूले यो साता केही शुभ समाचार प्राप्त गर्ने सम्भावना छ। कसैलाई पैसा उधारो नदिनुहोस् ।।विदेशमा अध्ययन गर्न चाहने व्यक्तिहरू निराश हुन सक्छन्। चिडचिडा स्वभावका कारण परिवारमा समस्या आउनेछ । साथीभाइबाट धोका हुन सक्छ ।

उपाय- नियमित बिष्णु चालिसाको पाठ गर्नुहोस्।

कन्या राशि

यो साता तपाईंका लागि अनुकूल रहनेछ। न्यायिक मामिलामा उत्कृष्ट सफलता मिल्नेछ । आत्मबल बढ्नेछ र साहसिक कार्यमा रुचि बढ्नेछ। कमिसन र बीमामा राम्रो आर्थिक लाभ प्राप्त गर्न सक्नुहुन्छ । निर्माण व्यवसायी तथा घरजग्गा व्यवसायीले नयाँ योजना हात पार्न सक्नेछन् । आर्थिक समस्या हट्नेछ ।

यो साता कुनै पनि काम हतार वा अन्योलमा नगर्नु होला अन्यथा आर्थिक हानि बेहोर्नु पर्नेछ । साताको प्रारम्भमा काम गर्नेहरू निकै व्यस्त रहनेछन्। यस समयमा, अतिरिक्त कामको बोझ अचानक तपाईको टाउकोमा आउन सक्छ। व्यक्तिगत जीवनसँग सम्बन्धित समस्याहरू पनि तपाईंको चिन्ताको प्रमुख कारण बन्नेछ।

साताको मध्यमा करियर र व्यवसायमा अनावश्यक दौडधुपका कारण निराश रहनुहुनेछ। यस समयमा तपाईको व्यस्त कार्य तालिकाका कारण परिवार र शुभचिन्तकहरूका लागि समय निकाल्न नसक्दा निराश महसुस हुनेछ। यस समयमा, तपाईं मौसमी रोगको शिकार हुन सक्नुहुन्छ वा कुनै पुरानो रोग पुन: उत्पन्न हुन सक्छ। रोकिएको धन प्राप्त हुने सम्भावना छ, प्रयास गर्न नबिर्सनुहोस्।

उपाय- गणेश चालिसा नियमित पाठ गर्नुहाेस् । गणेशलाई दुबो चढाउनुहोस् ।

तुला राशि

तुला राशिका लागि यो साता करियर, व्यापार, परीक्षा, प्रतिस्पर्धा र प्रेम सम्बन्ध आदिमा निकै शुभ रहनेछ । यो साता तपाईको बहुप्रतिक्षित मनोकामना पूरा हुनेछन्। बेरोजगारहरूले आफ्नो मनपर्ने रोजगारी पाउन सक्छन्, जबकी पहिले नै कार्यरत व्यक्तिहरूको स्थिति र अधिकार बढ्न सक्छ । कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। साताभरि तपाईको विगतका सबै काम पूरा हुन सक्छ, तर यसका लागि तपाईले धैर्यतापूर्वक प्रयास गर्नुपर्नेछ।

थप मानसिक काम गर्नु पर्ने सम्भावना छ । तपाईंको प्रयास र दृढ संकल्पले तपाई छिट्टै सफलता प्राप्त गर्न सक्षम हुनुहुनेछ। आम्दानीका नयाँ स्रोत जुट्नेछन् । रमाइलो यात्रामा पनि जान सकिनेछ । सातामा तपाईको स्थिति पहिलेको भन्दा बलियो हुनेछ र तपाईलाई महत्त्वपूर्ण जिम्मेवारीहरू पनि सुम्पन सकिन्छ।

यदि तपाईं खाद्य क्षेत्रमा हुनुहुन्छ भने, तपाईं यस समयमा आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाउन सक्नुहुन्छ। साताको मध्यमा अचानक केही महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सकिनेछ। व्यापारिक दृष्टिकोणले पनि यो साता निकै शुभ रहनेछ । व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ । साताको उत्तरार्धमा बिक्रीमा सुधार र नाफा प्रतिशतमा बृद्धि हुनाले मन प्रसन्न रहनेछ। बजारमा तपाईको विश्वसनीयता बढ्नेछ। व्यवसाय वा कुनै कामका लागि विगतमा ऋण लिनुभएको छ भने यो साता त्यसलाई चुक्ता गर्न सफल हुनुहुनेछ ।

उपाय- दुर्गा सप्तशतीको नियमित पाठ गर्नुहोस्।

वृश्चिक राशि

यो साता निकै शुभ र लाभदायक रहने छ । व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्नेछ। बजारमा आएको उछालको फाइदा उठाउन सकिनेछ । तपाईको आम्दानी बढ्नेछ। पहिले गरेको लगानीबाट लाभ मिल्नेछ । करियर र व्यापारको दिशामा गरिएको प्रयास सफल हुनेछ। व्यापार व्यवसायमा इच्छित परिणाम प्राप्त हुनेछ। जीवनसाथीबाट सहयोग मिल्नेछ । सम्पत्तिसम्बन्धी मामिलामा लाभ मिल्नेछ।

युवायुवतीहरु प्रेम सम्बन्धमा निकै उत्साहित रहनेछन् । पुराना साथीभाइसँग सम्पर्क कायम हुनेछ । गम्भीर विषयको अध्ययन गर्न सकिन्छ । समाजमा तपाईको मान प्रतिष्ठा बढ्नेछ । बौद्धिक क्षमताले काम सम्पन्न हुनेछ । करियरमा प्रगति गर्ने अवसर मिल्नेछ । अधिकारीहरुबाट पूर्ण सहयोग मिल्नेछ ।

साताको पहिलो भागमा विलासिताका लागि ठूलो धनराशी खर्च गर्न सकिनेछ। यस अवधिमा युवाहरूले आफ्नो अधिकांश समय रमाइलोमा बिताउनेछन्। रोजगारी भएका व्यक्तिहरूले यो साता समयअघि नै आफ्नो लक्ष्य पूरा गर्न सफल हुनेछन्। कार्यस्थलमा अनुकूलता रहनेछ । बिहीबार व्यापार यात्रा हुन सक्छ । उच्च शिक्षाको लागि प्रयासरत हुनुहुन्छ भने यो साता बाटोमा आउने बाधाहरु हट्नेछन् । बुधबार अनावश्यक विषयमा नबोल्नुहोस्। शनिबार केही अप्रत्याशित घटनाहरू घट्न सक्छन्।

उपाय- भगवान गणेशलाई दुबो र लड्डु चढाएर नयाँ कार्यको सुरुवात गर्नुहोस्।

धनु राशि

यो साता फलदायी रहनेछ । आर्थिक स्थिति मध्यम रहनेछ । यो साता महत्त्वपूर्ण निर्णयहरू गर्नबाट जोगिनु राम्रो हुनेछ । सुरुमा यो तपाईंको लागि सुखद् अनुभव हुन सक्छ, तर समयसँगै तपाईंको स्वभाव क्रोध बढ्न सक्छ। तपाईंको स्वभाव चिडचिडा बन्न सक्छ। यो साता जीवनले नया पाठ सिकाउने छ। यो हप्ता तपाईंको जीवनमा घटेका घटनाहरूले तपाईलाई आफ्नो र अरुको बीचको भिन्नता बताउनेछ।

एक विशेष व्यक्तिबाट एक विशेष कार्य पूरा गर्ने अपेक्षा गर्नु अन्ततः तपाईंको उदासी र निराशाको प्रमुख कारण बन्न सक्छ। यस राशिका व्यक्तिहरूले यो साता धेरै काम गर्नुको सट्टा हातमा भएको काम राम्रो र समयमै गर्ने प्रयास गर्नुपर्छ, अन्यथा काम अधुरो रह्ने छ । यो साताको उत्तरार्धमा काम गर्ने व्यक्तिहरूले आफ्नो कार्यस्थलमा गोप्य शत्रुहरूबाट धेरै सावधान रहनु पर्नेछ। आर्थिक दृष्टिले यो साता अलि कसिलो रहनेछ ।

यो साता तपाईंले केही कार्यहरू पूरा गर्न पैसा उधारो पनि लिनुपर्ने हुन सक्छ।यो साता यात्रामा पैसा खर्च गर्न सकिनेछ। कमिसनसम्बन्धी काममा उत्कृष्ट लाभ मिल्नेछ। बौद्धिक छलफलमा विशेष चासो लिनेछ। कार्यस्थलमा पदोन्नतिको विषयमा छलफल हुन सक्छ । आफ्नो प्रतिरक्षा क्षमता बढाउन योग र प्राणायाम गर्नुहोस्। आफ्नो कर्म र भाग्यमा विश्वास राख्नुहोस्। तपाईंको दक्षता बढ्नेछ । यस समयमा, तपाईंको खराब स्वास्थ्य पनि तपाईंको चिन्ता र समस्याहरूको प्रमुख कारण बन्न सक्छ। आफ्नो बोली नियन्त्रण गर्नुहोस्। दाम्पत्य जीवनमा सुखद अनुभव हुनेछ ।

उपाय- दुर्गा चालिसा नियमित पाठ गर्नुहाेस् । यस अवधिमा गरिबहरूलाई कपडा र फलफूल दान गर्नुहोस्।

मकर राशि

यो साता भाग्य खुल्ने छ । तपाईंले आफ्नो बाटोमा आउने अवसरलाई त्याग्नु हुँदैन, अन्यथा तपाईंले भविष्यमा पछुताउनु पर्नेछ । साताको प्रारम्भमा योजना बनाएका कार्यहरू समयमै सम्पन्न भएमा सन्तुष्ट महसुस गर्नुहुनेछ। कार्यस्थलमा कर्मचारीबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । टिमवर्कमार्फत, तपाईं सजिलै संग ठूला लक्ष्यहरू पनि पूरा गर्न सक्षम हुनुहुनेछ। सहकर्मीबाट सहयोग प्राप्त हुनेछ र थोरै प्रयासले अपेक्षित लाभ प्राप्त गर्न सकिनेछ।

रोकिएको धन प्राप्त हुने सम्भावना छ, प्रयास गर्न नबिर्सनुहोस्। व्यापारिक दृष्टिकोणले पनि यो साता तपाईका लागि अनुकूल रहनेछ। बिक्री र नाफा बढ्नेछ। ब्यापार ब्यवसाय विस्तार गर्ने योजनाहरु सफल हुने देखिन्छ । वैदेशिक रोजगारी वा व्यवसायको लागि प्रयासरत व्यक्तिले सफलता हात पर्नेछ। परिवारका सदस्यहरू बीच चलिरहेको कलह यो हप्ता समाधान हुने सम्भावना छ। युवालाई राम्रो रोजगारीको अवसर मिल्ने सम्भावना छ । कार्यस्थलमा ठूलो आर्थिक लाभ हुन सक्छ। कपडा व्यवसायमा राम्रो नाफा मिल्नेछ । शिक्षा सम्बन्धी बाधाहरु हट्नेछन् । प्राविधिक काममा रुचि बढ्नेछ ।

सरकारी सेवामा संलग्न व्यक्तिहरूले धेरै लाभ प्राप्त गर्नेछन्। घरमा कुनै शुभकार्यको आयोजना गर्न सकिनेछ । काममा विशेष ध्यान दिनु आवश्यक छ । साताको अन्त्य निकै सुखद रहनेछ । तपाइँको योजना अनुसार सबै कुरा गर्न चाहानुहुन्छ, जुन तपाइँको कार्यस्थलमा हुँदैन ।

यस कारणले यो साता तपाईको मन अलिकति अशान्त रहन सक्छ तर यदि तपाईले आफ्नो समस्यालाई बुद्धिमानीपूर्वक समाधान गर्ने प्रयास गर्नुभयो भने तपाईले राम्रो नतिजा प्राप्त गर्न सक्नुहुनेछ। यो साता तपाईंले कहाँ, के र कति बोल्ने भन्ने निर्णय गर्न निश्चित हुनुहोस्। शब्द छनोटमा विशेष ध्यान दिनुहोस्।

उपाय- ॐ नम शिबाय नियमित जाप गर्नुहाेस् ।

कुम्भ राशि

यो साता कार्यस्थलमा तपाईको प्रदर्शन आत्मविश्वासले भरिपूर्ण हुनेछ । कामसँग सम्बन्धित लामो यात्रा गर्नु पर्ने सम्भावना छ । महत्त्वपूर्ण कार्यमा सल्लाह लिनु लाभदायक साबित हुनेछ। आर्थिक दृष्टिले यो समय अनुकूल छ । यो साता सकारात्मक परिणाम प्राप्त हुनेछ। यो साता तपाईंले कागज सम्बन्धी काम र पैसाको लेनदेन अत्यन्त सावधानीपूर्वक गर्नु पर्नेछ। कुम्भ राशिका व्यक्तिहरूले यो साता कुनै पनि काममा सर्टकट लिन वा अरूको हातमा काम छोड्नबाट जोगिनु पर्छ। अफिसमा हाकिमबाट धेरै सम्मान मिल्नेछ, बैंकिङ क्षेत्रमा काम गर्नेलाई दबाब पर्नेछ । एकै साथ धेरै जिम्मेवारी पूरा गर्नुपर्नेछ। अधिकार र सुख सुविधामा वृद्धि हुनेछ । प्रतिकूल परिस्थितिको बलपूर्वक सामना गर्नेछ। रोजगारीमा अपेक्षित लाभ मिल्नेछ। महिला वर्गका लागि समय निकै राम्रो रहेको छ ।

आफ्नो कामको गुणस्तर बढाउने प्रयास गर्नुहोस्। साताको पूर्वार्धमा कुनै न कुनै विषयलाई लिएर काम गर्ने व्यक्तिको उच्च अधिकारीसँग झगडा हुन सक्छ। काममा सहकर्मी वा वरिष्ठ अधिकारीसँग विवाद तपाईंको तनावको प्रमुख कारण बन्नेछ। जसको प्रभाव तपाईको काममा मात्र नभई तपाईको व्यक्तिगत जीवनमा पनि देखिनेछ । यो साता कुम्भ राशिका व्यक्तिहरूले आफ्नो कार्यस्थलको समस्यालाई घरमा लैजानु हुँदैन र घरको समस्यालाई कार्यस्थलमा लैजानु हुँदैन अन्यथा दुबै ठाउँमा सुख र सफलताबाट बञ्चित हुन सक्छ। कुम्भ राशिका व्यक्तिहरूले यो साता पैसा र समय दुवैको व्यवस्थापन गर्नुपर्नेछ अन्यथा साताको अन्त्यमा आर्थिक तथा मानसिक समस्याको सामना गर्नुपर्नेछ। प्रेम सम्बन्धमा आएको दरारलाई समाधान गर्न तेस्रो व्यक्तिलाई मध्यस्थकर्ताको रूपमा प्रयोग गर्नुको सट्टा आफैं कुराकानी गर्नुहोस्।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।

मीन राशि

यो साता हतार नगर्नुपर्ने देखिन्छ । कुनै पनि काम समयमै सही तरिकाले गर्न सके मात्र त्यसमा अपेक्षित सफलता मिल्नेछ। यो हप्ता तपाईंले आफ्नो करियर, व्यापार र व्यक्तिगत जीवनसँग सम्बन्धित केही ठूला निर्णयहरू लिनु पर्ने हुन सक्छ। यसो गर्दा आफ्ना शुभचिन्तकहरूको सल्लाह लिन नबिर्सनुहोस्।

यो साता व्यापारमा कुनै घाटा हुनेछैन, तर केही बाधाहरू आउन सक्छन्, जसलाई पार गर्न तपाईंले थप मेहनत गर्नुपर्ने हुन सक्छ। यो समय नयाँ ब्यापार सुरु गर्नको लागि एकदमै अनुकूल रहेको छ । कार्यस्थलमा पनि बाँकी रहेका काममा प्रगति हुने सम्भावना छ । यो समय तपाईका लागि शारीरिक तथा मानसिक रुपमा लाभदायी रहनेछ । यो साता घरजग्गा खरिद गर्न सकिनेछ। समाजमा तपाईंको छवि राम्रो हुनेछ।साताको प्रारम्भमा तपाईको कार्यस्थलमा अचानक अनावश्यक परिवर्तनका कारण तपाई निराश हुन सक्नुहुन्छ।

यस समयमा, अतिरिक्त कामको बोझ अचानक तपाईंको टाउकोमा आउनसक्छ । यो साता मीन राशिका व्यक्तिहरूले क्रोध र दुर्व्यवहारबाट टाढा रहँदै धैर्यताका साथ समस्याको समाधान खोज्नुपर्नेछ। सामाजिक सञ्जालमा अनावश्यक समय बर्बाद नगर्नुहोस्।

यो साता ऋणबाट बच्नु तपाईको लागि बढी लाभदायक हुनेछ, अन्यथा भविष्यमा तपाईका लागि हानिकारक हुन सक्छ।तपाईको दाम्पत्य जीवन सुखमय रहनेछ र मनोरञ्जनको लागि छोटो यात्रा पनि गर्न सकिनेछ । घरमा धार्मिक पर्वको आयोजना हुने सम्भावना छ, जसले शुभ कार्यमा झुकाव बढ्नेछ।

उपाय- ॐ सुर्याय नम नियमित जाप गर्नुहाेस् । गरिबहरूलाई खाना र न्यानो कपडा दान गर्नुहोस्।

Logo