सर्लाही । सर्लाहीमा यात्रुबाहक बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस अनियन्त्रित भई पल्टिँदा थिचिएर ड्युटीमा रहेका प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो ।
छतौनाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ०१–००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएर इन्सपेक्टर तुलाधरलाई थिचेको थियो । बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरूले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।
सशस्त्र प्रहरी १० नम्बर गण दरबन्दीका इन्सपेक्टर तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए ।





























प्रतिक्रिया