गाउँमा विद्युतीय मिल सञ्चालन हुँदा स्थानीयलाई सहज

गाउँमा विद्युतीय मिल सञ्चालन हुँदा स्थानीयलाई सहज

केन्द्रबिन्दु
21
Shares

मुगु । मुगुको पूर्वी भेगमा रहेको मुगमकामारोङ्ख गाउँपालिका–८ माग्री गाउँमा कुटानी–पिसानीका लागि विद्युतीय मिल स्थापना भएपछि स्थानीयबासीलाई सहज भएको छ ।

परापूर्व कालदेखि यहाँका स्थानीयले गाउँबाट दुईतीन घण्टा टाढा रहेको छायाँल गाउँ र चिमाथमा रहेको पानीघट्टमा गहुँ, जौं, कोदो र मार्सेलगायतका अन्नबाली पिसानी गदै आएका थिए ।

त्यस्तै, कुटानीका लागि गाउँमा रहेका ओखलको प्रयोग गरेर जीवन निर्वाह गर्दै आइरहेका थिए । तर हिजोआज अनुदानमा विद्युतीय मिल गाउँमै सञ्चालनमा ल्याएदेखि उनीहरू खुशी भएका हुन् ।

हिउँद–बर्खा लामो र जोखिमयुक्त बाटो प्रयोग गरेर वा ज्यान जोखिममा राखेर पिसानीका जानुपर्ने बाध्यता हटेको मुगमकामारोङ्ख गाउँपालिका–८ माग्री गाउँकी छिरिङ्खछोमू लामाले बताइन् ।

करानी सामुदायिक विकास केन्द्रको सहयोगमा गाउँमै विद्युतीय मिल सञ्चालनमा आएपछि गाउँलेलाई सहज भएको माग्रीगाउँका ठिल्य लामाले बताइन् ।

करानी सामूदायिक विकास केन्द्र, मुगु एकीकृत परियोना (एमआइपी)को आर्थिक तथा प्राविधिक सहयोगमा एक लाख ४० हजार रुपैयाँमा कुटानी पिसानी विद्युतीय मिल सञ्चालनमा आएको हो । यसबाट पाँच समूहका एकसय ८ सदस्य र माग्री गाउँका १ सय ७१ घर परिवारले यो यस्ता मिलबाट सेवा लिएको करानी सामुदायिक संस्थाका कार्यक्रम संयोजक हस्तबहादुर बुढाले बताए ।

कार्यक्रम संयोजक बुढाका अनुसार मुगमकामारोङ्ख गाउँपालिका १ देखि ९ वडाका बस्तीमा विद्यालय शिक्षा क्षेत्रको विकास गर्नका लागि कार्पेट, कुशन, बुक कर्नर, सुज र्याक, खानेपानी, शौचालय, घेरावार, शिक्षकहरुलाई क्षमता विकास सम्बन्धी तालिम र गाउँघरमा स्थानीयबासीका लागि आय आर्जनका तालिम र जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको समेत बताए ।

Logo