बालगायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी

बालगायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी

केन्द्रबिन्दु
1.04k
Shares

काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार अस्पताल भर्ना भएका थिए । छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको माग समेत गरेको थियो।

भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा चर्चित छन् । उनको शवलाई अस्पतालबाट निकालेर अन्तिम संस्कारका लागि लैजाने तयारी भइरहेको छ ।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।
‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाँले’लगायत उनका रुचाइएका गीत हुन्।

सचिनलाई सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीदेखि काठमाडौँ ल्याएका थिए । पारिवारिक विचलनको मारमा परेका सचिनलाई विभिन्न निकाय तथा सञ्चारमाध्यमले ठूलो सहयोग गरे तापनि उनको रेखदेखमा कमी भएका कारण पटक पटक स्वास्थ्य समस्या भोग्दै आएका सचिनले अन्ततः टिचिङमा अन्तिम श्वास फेरेका छन् । एक सातादेखि टिचिङमा उपचार गराइरहेका बेला सचिनको स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएको उनका बाबु परियारले जानकारी दिए ।

Logo