काठमाडौं । प्रदेश २ मा एक सचिव मन्त्रीबाटै कुटिए । जुन खबरले यतिबेला चर्चा पाईरहेको छ । प्रदेश २ का आर्थिम योजना तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरे । आफुले भनेको एनजिओको काम नगरिदिएको भन्दै मन्त्रीले कुटेको आरोप सचिव झाको थियो ।
गरिबी निवारणका लागि उद्यम कार्यक्रम अन्तर्गत गैरसरकारी संस्थाहरुको छनोटमा प्रदेश अर्थमन्त्री यादवले सिफारिस गरेको गैरसरकारी संस्था पार्न सचिव झामाथि दवाव परिरहेको थियो । तर उनले मानेनन् ।
त्यही नमानेको आरोपमा आक्रोशित मन्त्री यादवले सचिव झामाथि कुटपिट गरे । मन्त्री यादवले सिफारिस गरेको ‘सहकार्य नेपाल गोलबजार सिरहा’ नामक संस्था छनोटमा नपरेको सचिव झाको भनाई छ ।
के हो त एनजीओ लफडा ?
केन्द्र सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत प्रदेश २ मा गरिबी निवारण कार्यक्रमको योजना सञ्चालनका लागि एनजीओहरुको छनौट हुँदैछ ।
एनजीओ छनौटका लागि सूचना निकाल्दा पनि सचिव झाले ‘क्राइटएरिया’ निर्धारण गर्दासमेत विवाद भएको थियो। प्रदेश २ का स्थानीय गैरसरकारी संस्था छनोट हुन नसक्ने र काठमाडौंका एनजीओले योजना पाउने खालको क्राइटेरिया बनाएको भन्दै सचिव झामाथि उनकै मन्त्रालयका अधिकारीहरुले आक्रोश व्यक्त गरेका थिए। प्रदेशमा काम गर्न प्रदेशकै एनजीओ हुनुपर्ने उनीहरुको दाबी थियो।
तर, सचिव झाले उक्त ‘क्राइटएरिया’ कै आधारमा सूचना जारी गरे र करिब दुई सय एनजीओले फारम भरे । जसमध्ये ४० वटा एनजीओको पहिलो चरणमा छनोट गरियो ।
छनोटमा परेका ४० एनजीओमध्ये १८ वटा भन्दा बढी एनजीओ प्रदेश २ बाहिरका थिए । एनजीओ छनौटको विज्ञापन गर्न स्थानीय पत्रिका जनकपुर टुडेमा पठाइसकिएको थियो। तर, उक्त एनजीओ प्रदेश २ को नभएकोले पुनः छलफल गर्ने भन्दै सरोकारवाला वनमन्त्री रामनरेश यादवले विज्ञापन रोक्न लगाए। तर पछि २६ गते विज्ञापन प्रकाशित भयो।
वन मन्त्रालयमा सचिव झा विरुद्ध एउटा उजुरी परेको थियो । उजुरीमा सचिव झाले आफू निकट काठमाडौंका एनजीओ र केही आफन्तको एनजीओलाई मिल्ने गरी क्राइटेएरिया निर्धारण गरेको र उनीहरुलाई छनोट गरेको उल्लेख गरिएको थियो ।
मन्त्री यादवले आफुले सिफारिस गरेको एनजिओको नाम छनोट गर्न सचिव झालाई दबाब दिदैं आएका थिए । सचिव झाले मन्त्रीको दबाबको कुनै मतलब गरेनन् । अन्ततः आक्रोशित मन्त्री यादवले सचिव झामाथि हातपात गर्न पुगे ।
सचिवलाई केन्द्रमा फिर्ता पठाउने तयारीः
कुटाई खाने सचिव झालाई फिर्ता पठाउने तयारी भईरहेको छ । सचिव झा कै व्यवहार अस्भाविक भएको भन्दै फिर्ता पठाउने तयारी गरिएको हो । यसअघि यदुवंश झा केन्द्र सरकारको वनमन्त्री हुँदा पनि सचिव झा कुटिएका थिए।
त्यतिबेला उनी महोत्तरीमा डीएफओ थिए । स्थानीयले सचिव झालाई कालोमोसो पनि दलेका थिए। त्यसैगरी यसअघि कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासँग पनि सचिव झाको विवाद भएपछि फिर्ता पठाईएको थियो ।





























प्रतिक्रिया