२०८१ पुष २१ देखि पुष २७ सम्मको राशिफल ।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।
तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –
मेष राशि
यो साता तपाईंको चन्द्र राशिको बाह्रौं घरमा राहु महाराजको प्रभाव रहनेछ, जसका कारण धेरै महत्वपूर्ण निर्णय लिनुपर्नेछ । यस्तो अवस्थामा तनाव र बेचैनी महसुस हुन सक्छ। त्यसैले आफ्नो विचार र मानसिक अवस्थालाई नियन्त्रणमा राख्नुहोस्। कुनै निर्णय लिन कठिनाई भएमा वरिष्ठ व्यक्तिको सल्लाह लिनु उपयुक्त हुनेछ। यो साता पैसा बचत गर्न प्रयास गर्नुहाेस्, त्यसमा सफलता मिल्नेछ।
साताको प्रारम्भमा अनावश्यक खर्च बढ्न सक्छ र सहयोगको आशामा खलल पुग्न सक्छ। तर, मंगलबारदेखि स्थितिमा सुधार आउनेछ । धार्मिक यात्राको सम्भावना छ, आम्दानी सामान्य हुनेछ। नया सवारी साधनको आनन्द प्राप्त हुनेछ । रोकिएको काम पूरा हुनेछ । परिवारमा सद्भाव स्थापित गर्न तपाईंको जीवनसाथीको समर्थन महत्त्वपूर्ण हुनेछ, र उनी यस मामिलामा तपाईंको लागि सबैभन्दा सहयोगी साबित हुनेछन्।
यसका अतिरिक्त यो साता आफन्त र साथीभाइबाट अचानक राम्रो उपहार प्राप्त हुने सम्भावना छ । धन आर्जनको सम्भावना छ । भाग्यले पूर्ण साथ दिनेछ । शत्रुहरूबाट सावधान रहनुहोस्। यस समयमा अपरिचित व्यक्तिसँग पैसाको लेनदेन नगर्नुहोस् र उधारो नदिनुहोस्। साताको उत्तरार्धमा तपाईंको सुखसुविधा बढ्नेछ। यस अवधिमा जग्गा, भवन वा सवारी साधन किन्न सकिने छ ।
उपाय- हरेक दिन ॐ नम शिबाय जाप गर्नुहाेस् ।
वृष राशि
यो साता आम्दानी बढ्नेछ र सहयोग प्राप्त हुनेछ । अधिकांश काम समयमै सम्पन्न हुनेछन् । यद्यपि मंगलबार र बुधबार तपाईंले केही चिन्ताको सामना गर्नुपर्ने हुन सक्छ। आम्दानीमा थोरै कमी आउन सक्छ, सवारी साधन चलाउँदा सावधानी अपनाउनु पर्ने देखिन्छ।
बिहीबार र शुक्रबारबाट स्थितिमा सुधार आउनेछ। अरूबाट सहयोग मिल्नेछ, र सप्ताहन्तमा छोटो सुखद यात्राको सम्भावना छ। शनिबार बाधाहरू समाप्त हुनेछन् र मन प्रसन्न रहनेछ।कार्यालयमा तपाईको स्थिति राम्रो रहनेछ। दाजुभाइसँगको सम्बन्ध सामान्य रहनेछ। दुर्घटनाबाट आफूलाई बचाउने प्रयास गर्नुहोस्।
कार्यस्थलमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ, रोजगारीमा रहेका व्यक्तिले पदोन्नति र तलब वृद्धिको अवसर मिल्नेछ।लगानीका लागि उपयुक्त समय भएकाले यस समयमा घरजग्गा वा साँस्कृतिक परियोजनामा ध्यान दिनु जरुरी छ । यी अवसरहरूको फाइदा लिन नबिर्सनुहोस्।
यो साता तपाईको वरपरका मानिसहरु, विशेष गरी परिवारका सदस्यहरुको व्यवहारले तपाईंलाई अलिकति रिस उठाउन सक्छ, जसले मानसिक तनाव बढाउन सक्छ र तपाईहरु बीच विवाद निम्त्याउन सक्छ । विद्यार्थीहरूका लागि यो समय अनुकूल छ। साथीभाइ र शिक्षकबाट सहयोग मिल्नेछ, जसले अध्ययनमा प्रगति हुनेछ।
उपाय- ॐ घृणि सूर्याय नम दैनिक १०८ जप गर्नुहाेस् । सूर्यदेवलाई जल चढाउनुहाेस् ।
मिथुन राशि
यो साता व्यापार व्यवसाय राम्रै हुनेछ । भाग्यले साथ दिनेछ। तपाईको आर्थिक स्थितिमा उल्लेख्य सुधार आउने छ । यस समयमा तपाईं विभिन्न तरिकामा आफ्नो पैसा बचत गर्न सफल हुनुहुनेछ। तपाईंले आफ्नो आर्थिक पक्षलाई बलियो बनाउन केही महत्त्वपूर्ण निर्णयहरू लिनु पर्ने सम्भावना पनि छ। त्यसैले हरेक निर्णय लिँदा हतार नगर्नुहोस् र धैर्य र बुद्धिका साथ कुनै पनि निर्णयमा पुग्नुहोस्।
विपक्षीहरूले पनि साथ दिनेछन् र शत्रुहरूको प्रभाव कमजोर हुनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ र जिम्मेवारी बढ्नेछ। घरपरिवारमा तपाईको वर्चस्व कायम रहनेछ र विवादमा विजय प्राप्त हुनेछ। तर, बिहीबार र शुक्रबारका दिन प्रतिकूल रहन सक्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिन्छ । काममा सुधार हुनेछ, आम्दानी बढ्नेछ र सहयोग मिल्नेछ। जोखिमपूर्ण लगानीबाट जोगिनुहोस् र लोभी योजनाहरूमा पैसा लगानी गर्नबाट जोगिनुहोला। पैसा सुरक्षित ठाउँमा राख्नुहोस्।
यो साता तपाईंले विशेषगरी परिवारका ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ, उनीहरूलाई कुनै पुरानो रोगको कारण समस्या हुन सक्छ, जसले जीवनका विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव पार्ने संकेत गर्दछ। कानूनी मामिलामा सजग रहनुहोला । आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला । यदि तपाईं नयाँ उद्यम सुरु गर्दै हुनुहुन्छ भने योजना अनुसारमात्र गर्नुस हतारमा निर्णय नलिनुहाेस् ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् । साना केटीहरूलाई मिठाई र उपहार दिनुहोस्।
कर्कट राशि
कर्कट राशिका लागि यो साता रोकिएका काममा प्रगति हुनेछ । चुनौतीहरू स्वीकार गर्नाले तपाईंको आत्मविश्वास बढ्नेछ। कार्यस्थलमा तपाईंको प्रभुत्व बढ्नेछ। लाभको स्थिति बढ्नेछ र मान-सम्मान पनि मिल्नेछ। शत्रुता अन्त्य गर्नेतर्फ सोच्नुहुनेछ ।
पुरानो कुराले समस्या निम्त्याउन सक्छ ध्यान दिनु होला ।सामाजिक कार्यमा धन खर्च गर्न सकिनेछ । कुनै पनि कठिन परिस्थितिमा धैर्यता कायम राख्नु तपाईंको लागि महत्त्वपूर्ण छ। विशेष गरी, जब तपाईं निर्णयमा पुग्नुहुन्छ, भविष्यका परिणामहरू विचार गर्न निश्चित हुनुहोस्। तपाईंको अव्यवस्थित वा जोखिमपूर्ण योजनाहरूले यो हप्ता तपाईंको आर्थिक प्रभाव पार्न सक्छ। त्यसकारण, तपाईंको पैसालाई खतरामा पार्न सक्ने गतिविधिहरू नगर्नुहोस्, किनकि यसले तपाईंलाई गम्भीर समस्याहरूमा लैजान सक्छ।
यो साता अरुलाई प्रभावित गर्ने तपाईको क्षमताले तपाईलाई धेरै सकारात्मक नतिजा ल्याउन सक्छ।आफ्नो क्षमतामा आत्मविश्वास कायम राख्नुहोस्। तपाईंको सामाजिक प्रतिष्ठा बढ्नेछ।पुरानो लगानीबाट लाभ मिल्नेछ । जागिरमा सरुवा हुने देखिन्छ साथै आम्दानीमा वृद्धि हुने संकेत देखिन्छ । नयाँ सवारी साधन खरिद गर्ने बारे सोचाइ हुनेछ। बुढापाकाबाट आशीर्वाद प्राप्त हुनेछ। महत्वाकांक्षी योजनामा पैसा लगानी गर्न सकिनेछ । प्रियजनसँग राम्रो समय बिताउनुहुनेछ।
उपाय- प्रत्येक दिन ॐ हनुमते नमः को १०८ जप गर्नुहोस्।
सिंह राशि
यो अवधिमा खर्च र आम्दानीबीच सन्तुलन रहनेछ । तोकिएको काम समयमै सम्पन्न गर्न सफल हुनुहुनेछ। मङ्गलबार र बुधबारबाट स्थितिमा सुधार आउनेछ जसले गर्दा काममा तिब्रता आउनेछ र आम्दानीमा पनि वृद्धि हुनेछ । यो साता तपाईंको आर्थिक जीवनमा भाग्यले साथ दिनेछ तर कुनै पनि प्रकारको लगानी गर्नुछ भने पहिले वास्तविकताको मूल्याङ्कन गरेर मात्र लगानी गर्नुहोस्।
यद्यपि यो साता बहुमूल्य वस्तुको हानि हुनसक्छ ।
साताको अन्त्यमा व्यस्तता बढ्नेछ, तर बुवाको सहयोग मिल्नेछ र नयाँ काम पनि हात लाग्नेछ। आर्थिक लाभ र परिवारबाट सहयोग मिल्नेछ। तपाईं आफ्नो रचनात्मक ऊर्जा कुशलतापूर्वक प्रयोग गर्न सक्षम हुनुहुनेछ। तपाईको एकाग्रता बढ्नेछ। पर्यटन सम्बन्धी करियरमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिनेछ। तपाईंको मेहनत र दक्षता बढ्नेछ। मार्केटिङ सम्बन्धी व्यवसायमा राम्रो अवसर मिल्नेछ । पुराना रोकिएका कामहरु पूरा गर्ने प्रयास हुनेछ । व्यापारमा पदोन्नतिसँगै लाभदायक स्थिति रहनेछ। लेनदेनमा सावधानी अपनाउनुहोला ।
सवारी साधनमा सुख प्राप्तिको सम्भावना छ । तपाईंको चिडचिडा स्वभावका कारण परिवारमा समस्या आउनेछ ,आफ्नो प्रियजनप्रति आफ्नो व्यवहार सकारात्मक राख्नुहोस्। साथीभाइबाट धोका हुन सक्छ । आफ्नो गोप्य कुराहरु अरुसँग साझा नगर्नुहोस्।
उपाय- नियमित विष्णु चालिसाको पाठ गर्नुहोस्।
कन्या राशि
यो साताको सुरुमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन् । फेसन डिजाइनिङ र होटल व्यवसायमा संलग्न व्यक्तिको आम्दानी बढ्न सक्छ। सुख समृद्धिको स्रोत बढ्नेछ । आम्दानी बढ्नेछ र मन प्रसन्न रहनेछ। कार्यस्थलमा नयाँ जिम्मेवारी मिल्नेछ र दुश्मनी कम हुनेछ। सम्पतिसम्वन्धी काममा लाभ हुने सम्भावना छ । तपाईंसँग रचनात्मक विचारहरूको कुनै कमी हुनेछैन।
तपाईंले आफ्नो व्यवसायमा पनि यसको फाइदा पक्कै पाउनुहुनेछ । लगभग सम्पूर्ण साता तपाईको लागि शुभ रहनेछ। समय व्यवस्थापनमा धेरै अनुशासित रहनेछ। यसले तपाईको काम गर्ने शैलीमा पनि प्रत्यक्ष प्रभाव पार्छ। प्रभावशाली व्यक्तिहरूमा तपाईंको लोकप्रियता बढ्नेछ। तपाईको स्वभावमा मिठास रहनेछ।
यो साता कन्या राशिका व्यक्तिहरूले कुनै पनि काम गर्दा नियम-कानूनको उल्लङ्घन गर्नुहुँदैन र सर्टकट लिनु हुँदैन, अन्यथा तपाईंले आर्थिक तथा शारीरिक समस्याको सामना गर्नुपर्नेछ।यस समयमा कसैको भ्रममा नपर्नुहोस् र कुनै काममा झुटको सहारा लिनुहोस् अन्यथा आर्थिक हानिका साथै मानहानिको सामना गर्नु पर्नेछ। यस समयमा, तपाईं आफ्नो स्वास्थ्यको बारेमा सचेत हुनुहास् ।
उपाय- गणेश चालिसा नियमित पाठ गर्नुहाेस् । भगवान गणेशलाई दुबो चढाउनुहोस् ।
तुला राशि
यो साता आम्दानीका नयाँ अवसरहरू उपलब्ध हुन सक्छन् तर त्यसमा केही ढिलाइ हुनसक्छ। काममा अवरोध आउन सक्छ, विशेषगरी जोखिमपूर्ण व्यवसायमा संलग्न हुनुहुन्छ भने घाटाको सम्भावना बढ्नेछ।
यो साता तपाईंलाई अचानक आर्थिक लाभ हुनेछ, तर यो लाभ सीमित समयको लागि हुनेछ। तसर्थ, विशेष गरी कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिहरूले कुनै पनि प्रकारको जोखिम लिनु अघि राम्ररी सोच्न आवश्यक छ। अन्यथा, तपाईलाई आर्थिक नोक्सान हुन सक्छ।
साताको अन्त्यमा आर्थिक लाभका साथसाथै साथीभाइ भेट्ने अवसर पनि मिल्नेछ र चिन्ताको अन्त्य हुनेछ । तपाईंको विचार धेरै सकारात्मक हुनेछ। विदेशी कम्पनीहरुबाट रोजगारीको अवसर मिल्नेछ । विद्वानको संगत मिल्नेछ। जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ। दाम्पत्य सम्बन्धमा समन्वय उत्कृष्ट रहनेछ। बिहीबारबाट नयाँ व्यापार सम्बन्ध बन्न सक्छ। यसबाट आर्थिक लाभ लिन सकिन्छ ।
ग्राहकहरुसँग तपाईंको सम्बन्ध राम्रो हुनेछ। प्रतिस्पर्धात्मक परीक्षामा सफलता हात पार्न सकिनेछ। आफ्नो कार्य कुशलतापूर्वक पूरा हुनेछ।पारिवारिक जीवनमा पनि केही मतभेदहरू देखा पर्न सक्छन्, जसले मानसिक तनाव निम्त्याउन सक्छ।
उपाय- दुर्गा सप्तशतीको नियमित पाठ गर्नुहोस्।
वृश्चिक राशि
यो साता मिश्रित परिणाम ल्याउनेछ । समय अनुकूल रहनेछ, सबै काम समयमै सम्पन्न हुनेछन् र नयाँ अवसर पनि मिल्नेछ । यद्यपि मङ्गलबार र बुधबारको समय भने केही अन्योलमा रहनेछ । यस समयमा नकारात्मक विचारले मन अशान्त हुन सक्छ र शत्रुता बढ्ने सम्भावना छ।रोकिएका सरकारी काम द्रुत गतिमा सम्पन्न हुनेछन् ।
चलचित्र तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो साता विशेष फलदायी रहेको छ । हरेक विषयलाई गहिरिएर बुझ्ने प्रयास गर्नुहुनेछ। राजनीतिमा संलग्न व्यक्तिको छविमा सुधार हुनेछ। अचम्मलाग्दो रुपमा अगाडि बढ्ने अवसर मिल्नेछ ।
साताको अन्त्य निकै शुभ रहनेछ । यस दिन सबै काम सही दिशामा अघि बढ्नेछ र मन शान्त रहनेछ। आर्थिक दृष्टिकोणले तपाईको राशिका व्यक्तिहरूलाई यो साता कसैसँग ऋणलिन वा ऋण नदिन आग्रह गर्दछौं । सातामा तपाईं ऊर्जाले भरिपूर्ण हरेक काममा व्यस्त हुनुहुनेछ, तर केही अप्रिय घटनाका कारण तपाईंको मुड बिग्रने सम्भावना छ, जसले तपाईंको पारिवारिक जीवनलाई असर गर्न सक्छ। अनावश्यक खर्च बढ्न सक्छ । चोटपटक लाग्न सक्ने भएकाले सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।
उपाय- सूर्यलाई जल अर्पण गर्नुहाेस् र आफ्नो गुरु मन्त्र वा ॐ नम शिबाय जाप गर्नुहाेस् ।
धनु राशि
आर्थिक हिसाबले हुनेहरुका यो साता निकै शुभ रहनेछ । यस समयमा आफ्नो प्रयासमा कुनै कमी नदिनुहाेस्, किनभने अनुकूल ग्रह स्थितिले तपाईंलाई आफ्नो धन वृद्धिको लागि उत्कृष्ट अवसर प्रदान गर्न सक्छ ।
यो साता प्रतिद्वन्द्वीको प्रभाव कम हुनेछ र विवादमा विजय प्राप्त हुनेछ। ठूला काममा हात हाल्ने अवसर पनि मिल्नेछ ।तपाईंले जागिर परिवर्तनको प्रस्तावहरू प्राप्त गर्न सक्नुहुन्छ। जागिरमा पदोन्नति मिल्न सक्छ । तपाईंलाई मन पर्ने जो पनि तपाईप्रति धेरै आकर्षित हुनेछन्। काममा तपाईंको प्रभाव बढ्नेछ। छोटो दुरीको यात्रा सम्भव छ। साथीभाइको सल्लाह तपाईंको लागि धेरै उपयोगी हुनेछ ।
घरमा कुनै शुभकार्यको आयोजना हुनसक्छ । व्यवसायीका लागि यात्राको राम्रो अवसर पनि मिल्नेछ । साताको अन्त्यमा केही अनावश्यक चिन्ता हुनसक्छ, जसले मानसिक तनाव उत्पन्न गर्न सक्छ तर तपाईंको आम्दानी बढ्नेछ र तपाईंलाई आफ्नो परिवारबाट खुशी मिल्नेछ।विद्यार्थीहरूले विदेशमा उच्च शिक्षाको अवसर पाउन सक्छन्। बोलिमा नियन्त्रण राख्नुहोस्। परिवारका सदस्यहरूसँग वैचारिक मतभेद हुन सक्छ। लापरवाहीका कारण बहुमूल्य वस्तु हराउनसक्छ ।
उपाय- ॐ नम शिबाय नियमित जाप गर्नुहाेस् ।
मकर राशि
यो साता आम्दानी बढ्नेछ र विवादित मामिलामा विजय प्राप्त हुनेछ । जागिरमा परिवर्तनको संकेत मिल्नेछ । स्थायी जागिरमा बढुवा हुने समय छ । यो साता यस राशिका मानिसहरु जोश र उमंगले भरिपूर्ण रहनेछन् । काममा सकारात्मक नतिजा मिल्नेछ । व्यापार व्यवसायमा उतारचढाव आउनेछ । आमाबाबुको स्वास्थ्यमा ध्यान दिनुहोस्। व्यक्तिगत सम्बन्ध प्रगाढ हुनेछ।
यो साता पुरानो ऋण तिर्न तयार हुनुहुनेछ । केहि प्रशंसनिय कामको लागि प्रशंसा प्राप्त हुन सक्छ। उच्च शिक्षाका बाधाहरु हट्नेछन् । कामको बोझको बावजुद तपाईले राम्रो प्रदर्शन गर्नुहुनेछ। सबै काम योजनाबद्ध रुपमा गर्नाले सफलता मिल्नेछ । कार्यस्थलमा तपाईको व्यवहार धेरै अनुशासित रहनेछ। यसो गर्दा तपाईको मन निकै खुसी हुनेछ । विपरीत लिंगका मानिसहरु तपाईप्रति निकै आकर्षित हुनेछन् ।
आफ्नो जीवनसाथीलाई खुसी पार्न केही उपहार दिन सक्नुहुन्छ । मोडलिङ करियरसँग सम्बन्धित व्यक्तिहरूले महँगो ब्रान्डबाट अफरहरू पाउने सम्भावना हुन्छ। साताको सुरुदेखि अन्त्यसम्म बारम्बार ऋण माग्ने र फिर्ता गर्न ढिलाइ गर्ने साथीभाइ र नजिकका व्यक्तिहरूबाट टाढा रहनुपर्छ । यस समयमा ऋणमा पैसा दिनु तपाईंको लागि हानिकारक हुन सक्छ ।
जब तपाईं एक्लो महसुस गर्नुहुन्छ, तपाईंको आमाबाबु तपाईंको लागि आशीर्वाद र समर्थनको स्रोत बन्नुहुनेछ, जसले तपाईंको मनोबल बढाउन र पारिवारिक जीवनमा स्थिरता कायम राख्नुहुनेछ । रचनात्मक कार्यमा संलग्न व्यक्तिहरूले यो साता विशेष अवसर प्राप्त गर्न सक्छन् । निर्माण कार्यमा संलग्न व्यक्तिहरुका लागि यो साता शुभ छैन । व्यापार व्यवसायमा अनावश्यक खर्च गर्नुपर्ने हुनसक्छ । आफ्नो व्यवहार संयमित राख्नुहोस् । परिवारसँग समय बिताउने र धार्मिक कार्यमा भाग लिने मौका मिल्नेछ।
उपाय- लक्ष्मी मन्त्र ॐ श्रीं ह्रीं क्लीं श्री सिद्ध लक्ष्म्यै नम: १०८ जप गर्नुहाेस् । माता लक्ष्मीलाई कमलको फूल चढाउनुहाेस् ।
कुम्भ राशि
यो साता कामले गति लिनेछ, जसले गर्दा तपाईं आफ्नो लक्ष्य समयमै पूरा गर्न सक्नुहुनेछ। यद्यपि, बिहीबारदेखि समय अलि चुनौतीपूर्ण हुन सक्छ । यस समयमा, तपाईंले जिद्दी रवैया अपनाउनबाट जोगिनु पर्नेछ र तपाईंको योजनाहरूमा परिवर्तन गर्न आवश्यक हुनेछ।
साताको अन्त्य व्यस्त रहनेछ र आम्दानी पनि राम्रो हुनेछ।लगानीको मामिलामा सजग रहनुहोस् र काममा सावधानीपूर्वक काम गर्नुहोस्। कुनै पनि निर्णय लिनु अघि सोचविचार गर्न निश्चित हुनुहोस्।करियरमा उत्कृष्ट अवसर प्राप्त हुनेछ । काममा तपाईको प्रभुत्व बढ्नेछ। ऋण लिएको पैसा फिर्ता गर्न सकिनेछ ।
आर्थिक स्थितिमा उल्लेखनीय सुधारको प्रबल सम्भावना छ । सरकारी कामबाट लाभ मिल्नेछ । व्यापारमा उन्नतिको सम्भावना छ । भविष्यका लागि लाभदायक परिस्थितिहरू सिर्जना हुनेछन्। जीवनसाथीप्रति प्रेमको भावना बढ्नेछ। परोपकारका कारण तपाईको कीर्ति बढ्नेछ । व्यवस्थापनमा उच्च पदमा बसेका व्यक्तिहरूका लागि यो साता निकै शुभ रहेको छ ।
यदि तपाईंले यो साता लामो समयको लागि लगानी गर्नुभयो भने, तपाईंले राम्रो लाभ प्राप्त गर्न सक्नुहुन्छ, गुरु महाराज तपाईंको चन्द्र राशिको चौथो भावमा रहनेछन्। तर, यसका लागि घरका ठूलाको सल्लाह लिएर मात्रै कुनै निर्णयमा पुग्नुपर्छ ।
यो साता समाजमा मान सम्मान मिल्नेछ तर यस समयमा दाजुभाइ तथा दिदीबहिनीको स्वास्थ्य कमजोर रहन सक्छ, जसका लागि केही पैसा खर्च गर्नुपर्ने हुनसक्छ । तैपनि यस समयमा पारिवारिक जिम्मेवारी पूरा गर्नाले घरमा पनि सम्मान मिल्नेछ।पार्टनरसँगको मनमुटाव समाप्त हुनेछ र सम्बन्धमा सुधार आउनेछ। अविवाहितलाई विवाहको प्रस्ताव आउन सक्छ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।
मीन राशि
यो साता धनको हिसाबले पनि राम्रो रहनेछ, आम्दानीको स्रोत बन्नेछ । विद्यार्थीहरुको अध्ययनमा रुचि रहनेछ । घरमै बसेर आफ्नो कला र अभिनय क्षमतालाई बढावा दिन कडा मेहनत गर्न नछोड्नुहोस्।
यो साता व्यक्तिगत सम्बन्धमा प्रेमले भरिपूर्ण रहनेछ। सम्बन्धमा माया र विश्वास बढ्नेछ। यो समयमा साथीभाइबाट पूर्ण सहयोग मिल्नेछ र नयाँ कामको अवसर मिल्नेछ। साताको मध्यमा अतिरिक्त खर्च भए पनि अवस्था सामान्य रहनेछ । बिहीबार र शुक्रबारको समय यात्रा र नयाँ सम्पर्क स्थापित गर्न अनुकूल छ। यद्यपि शनिबार चुनौतीपूर्ण रहन सक्छ।
अनावश्यक खर्च र उपकरण सम्बन्धी समस्या आउन सक्छ, त्यसैले यस समयमा सतर्कता आवश्यक छ।तपाईंले विभिन्न स्रोतहरूबाट आर्थिक लाभहरू प्राप्त गर्नुहुनेछ, जुन तपाईंले उपयुक्त अवसरमा कुनै पनि लगानीमा लगानी गर्ने निर्णय गर्न सक्नुहुन्छ। तर यो ध्यानमा राख्नु आवश्यक छ कि यस समयमा दीर्घकालीन परिप्रेक्ष्यमा कुनै पनि लगानी गर्नाले भविष्यमा शुभ नतिजा दिनेछ। नयाँ कामको थालनी गर्ने योजनामा काम गर्न सकिनेछ। रेस्टुरेन्ट र खाना व्यवसायसँग सम्बन्धित व्यक्तिहरूका लागि साता शुभ छ।
तपाईंको आर्थिक अवस्था राम्रो हुने सम्भावना छ । तपाईं मानिसहरूका लागि प्रेरणाको स्रोत बन्नुहुनेछ। यस समयमा, आफ्नो काममा मात्र ध्यान दिनुहोस्। आफ्नो जिम्मेवारी र कर्तव्यबाट पछि हट्नुहुँदैन । आमाबाबुलाई आफ्नो बच्चाको विवाहको बारेमा चिन्ता हुन सक्छ।
उपाय- हनुमान चालिसा बिहान बेलुका पाठ गर्नुहाेस् ।































प्रतिक्रिया