चिसोमा आगोको सहारा

चिसोमा आगोको सहारा

केन्द्रबिन्दु
12
Shares

रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन् । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् ।

दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको पनि प्रयोग गर्दै आएका हुन् । गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन् ।

वनमा दाउराको अभाव रहेको र पाएमा पनि चर्को मूल्यमा खरिद गर्नु पर्ने बाध्यता भएकाले गृहिणीहरूले गुइँठा प्रयोग गर्दै आएको पाइन्छ । आगो ताप्नका लागि घुर लगाउन तथा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्ने गरेको स्थानीय रामकलिया देवीले बताएकी छिन् । सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गर्दछन् ।

चिसोको कारण गौर सदरमुकाममा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको संख्यामा समेत कमी आएको छ । बिहान र बेलुका बाक्लो हुस्सुको कारण सवारी साधन चलाउन कठिनाइ भएको छ भने सडक दुर्घटना जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

न्यायो तथा लुगा, कपडा खरिद गर्नको लागि कपडा पसलमा भीड लाग्ने गरेको देखिएको छ । जाडो बढेकाले बालबालिका तथा वृद्धवृद्धालाई ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । यसैबीच, अत्याधिक चिसो बढेपछि रौतहटका अधिकांश पालिकाहरूले सामुदायिक विद्यालयहरू बन्द गरेका छन् ।

Skip This
Skip This
Logo