हुस्सुका कारण हुने सवारी दुर्घटनाका लागि ट्राफिक प्रहरीको विशेष अभियान

हुस्सुका कारण हुने सवारी दुर्घटनाका लागि ट्राफिक प्रहरीको विशेष अभियान

केन्द्रबिन्दु
0
Shares

रौतहट । रौतहट ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान थालेको छ ।

विशेषगरी बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्ने र नजिकको सवारी साधन पनि नदेखिदा दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
सवारीको अधिक चाप रहने पूर्व–पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि अभियान नै सञ्चालन गरेको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी बताए ।

उनका अनुसार यस अभियान अन्तर्गत सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वास्थ परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गरिन्छ ।

सवारी दुर्घटना प्रायः चालकको लापरबाहीले हुने गरेको पाइएकाले न्यूनीकरणका लागि प्रशिक्षण दिने गरिएको उनले जानकारी दिए । बाक्लो हुस्सुमा सवारी चलाउँदा अपनाउनु पर्ने सतर्कताको बारेमा चालकलाई बुझाउने गरेको ट्राफिक प्रहरी निरीक्षक अधिकारी बताए ।

उनले सवारी साधनको अवस्था पनि जाच गर्ने गरेको बताए ।

ट्राफिक कार्यालय रौतहटले विभिन्न पालिकाअन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आइरहेको उनले उल्लेख गरेका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८१/८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणसँगै नियम विपरित कार्य गर्ने चालकलाई कारबाही गरि राजश्व सकलन गर्ने गरेको जनाएको छ ।

Skip This
Skip This
Logo