विपिन जोशी जीवित रहेको पुष्टि, तर आज पनि नछुट्ने

विपिन जोशी जीवित रहेको पुष्टि, तर आज पनि नछुट्ने

केन्द्रबिन्दु
123
Shares

काठमाडौँ । हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जिवितै रहे पनि अझै छुट्ने सूचिमा परेका छैनन् । इजरायलको सञ्चार माध्यम टाइम्स अफ इजरायलले जोशी जिवितै रहेकोले पुष्टि गरेको छ।

विहिबार हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि भएको उल्लेख गरिएको र उनी जीवति रहेको प्रमाणति भएको टाइम्स अफ इजरायलको दावी छ।


जोशीको बारेमा अहिले सम्म आधिकारिक जानकारी बाहिर नआएका कारण उनी जीवति छैनन् की भन्ने आशंका पैदा भइरहेको थियो । उनको बारेमा सरकारले समेत जिवित भए नभएको कुनै आधिकारिक जानकारी दिएको छैन ।

एक नेपाली सहित गाजामा अझै आठ थाई बन्धकहरू र एक तान्जानयिाली जीवति रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। तर विहिबार छुट्ने बन्धकहरूको नाममा भने वपिनिको नाम उल्लेख गरएिको छैन।


विपिन जोशीलाई सन् २०२२ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो ।

Logo