नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । राजधानी भित्रिने मुख्य नाका नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । अवैध रुपमा कारोवार गर्न बोकेको सुनसहित उनीहरुले प्रहरीले पक्राउ गरेको हो । काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

बा. प्र. ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Logo