बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मतसँगै पानी वितरण सुरु

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मतसँगै पानी वितरण सुरु

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । बबरमहलमा फुटेको पाइप मर्मत गरिएको छ। मर्मत सम्पन्न गरी पानी वितरण सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।

केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युतका तारहरु भूमिगत गर्न खन्ने क्रममा बुधबार बबरमहलमा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो।

बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो।

Skip This
Skip This
Logo