लागुऔषध सहित ३ जना व्यक्ति पक्राउ

लागुऔषध सहित ३ जना व्यक्ति पक्राउ

केन्द्रबिन्दु
66
Shares

सिरहा । सिरहा गोलबजार नगरपालिला वडा नं. ४ शिव मन्दिर स्थित क्याम्पस रोडबाट लागुऔषध (ब्राउनसुगर) १ ग्राम १९० मिलिग्राम सहित ३ जना व्यक्ति पक्राउ परेका छन् ।

शुक्रवार इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले क्याम्पस रोडबाट शिव मन्दिरतर्फ आउंदै गरेको स.३ प. ६३४४ नं। को १२५ मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक २० बर्षीय पंकज मण्डल र सोही मोटरसाईकल पछाडी सवार २८ वर्षीय अरबिन्द सिंह दनुवार र बर्ष २६ को रबिन मुखिया पक्राउ परेका हुन् ।

उक्त विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोलबजार जानकारी दिएको छ ।

Skip This
Skip This
Logo