धरान । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण गर्न लागिएको केवलकार विवादमा पदम चेन्जि माबोलाई कालो मोसो दलिएको छ ।
केवलकार निर्माणको पक्षमा लागेका ताप्लेजुङ घर भएका माबोलाई आइतबार धरानमा मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले कालो मोसो दलेर कुटपिट गरेका हुन् । केवलकारको समर्थन गरेकै आरोपमा उनलाई कालो मोसो दलिएको बताइएको छ ।
हाल माबोलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको र दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरिएको छ ।





























प्रतिक्रिया