काठमाडौं । तुलसी भट्टराईद्धारा अनुवादित ‘सात सालको कथा’ पुस्तक लोकार्पण भएको छ ।
शनिबार आयोजित एक कार्यक्रमबीच तारिणीप्रसाद कोइरालाका सहपाठी र समवयी फणीश्वरनाथ रेणुको पुस्तक तारिणी परिवारकै सदस्य इन्दिरा कोइरालालाई हस्तान्तरण गर्दै पुस्तक लोकार्पण गरिएको हो ।

भारतीय लेखक रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’ लाई तुलसी भट्टराईको अनुवादमा पब्लिकेसन नेपालयले बजारमा ल्याइएको हो । १०४ वर्ष पहिले भारतको बिहारमा जन्मेका लेखक फणीश्वरनाथ रेणु १०४ वर्ष लामो राणाशासनविरुद्धको नेपाली क्रान्तिमा सक्रिय सहभागी भएका थिए।

पुस्तकका अनुवादक तुलसी भट्टराईले रेणुको व्यापकता एउटा भाषा वा संस्कृतिको ज्ञानबाट मात्र बुझ्न नसकिने बताए। ‘नेपाली क्रान्ति–कथाले स्वतन्त्रता आन्दोलनको सजीव चित्र प्रस्तुत गरेकाले २५ वर्षअघि नै अनुवाद गर्दै छापेको थिएँ,’ अनुवादक भट्टराईले भने ।
यसैगरी कार्यक्रममा उपस्थित राजनीतिशास्त्री तथा लेखक भाष्कर गौतमले २०४६ सालको नाकाबन्दीको क्षण सम्झदै उक्त समयमा नै आफू फणीश्वरनाथ रेणुको आलेख र रचनाप्रति आशक्ति बढेको बताए । उनले ‘सात सालको कथा’ पुस्तकले नेपाली लोकतन्त्रलाई अझ जीवन्त बनाउन भूमिका खेल्ने पनि बताए ।

१ सय २० पृष्ठको ‘सात सालको कथा’ पुस्तकको मूल्य ३ सय ४५ रुपैयाँ रहेको छ। पुस्तक देशभरका प्रमुख पुस्तक पसल तथा थुप्रैडटकमबाट खरिद गर्न सकिनेछ। यसका साथैं विश्वभरका पाठकहरूले अमेजनबाट सोझै पुस्तक खरिद गर्न सक्नेछन्।





























प्रतिक्रिया