काठमाडौं । बीवाईडीले २०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ ।
बीवाईडीले अल–सोलिड–स्टेट ब्याट्री विकास गर्ने कार्यमा महत्वपूर्ण योजना बनाइरहेको र त्यसै अनुसार अगाडि बढिरहेको बताइएको छ । हालै सम्पन्न दोस्रो चाइना अल–सोलिड–स्टेट ब्याट्री इनोभेसन एन्ड डेभलपमेन्ट समिट फोरममा यो तथ्य सार्वजनिक भएको हो ।
सेन्झेन बीवाईडी लिथियम ब्याट्री कम्पनी लिमिटेडका सीटीओ सुन हुआजुनले सो कम्पनीको पाइलट प्रोडक्सन लाइनबाट सन् २०२४ मा ६० एएच अल–सोलिड–स्टेट ब्याट्री रोल आउट भएको घोषणा समेत सो अवसरमा गरेका थिए ।
कम्पनीले सन् २०२७ तिर मास डेमोन्स्ट्रेसन र इन्स्टलेसनको सुरुवात गर्ने र ठूलो मात्रामा गरिने इन्स्टलेसन सन् २०३० पछि गर्ने योजना बनाएको छ ।
सोलिड स्टेट ब्याट्रीका कारण हालको ब्याट्रीको तुलनामा मूल्य पनि कम हुने जानकारी दिदै सुनले नेक्स्ट जेनेरेसन ब्याट्रीको रुपमा सल्फाइड सोलिड स्टेट ब्याट्रीको समेत अध्ययन भइरहेको बताए । उनले सन् २०२७ देखि २०२९ सम्म डेमोन्स्ट्रेसन अवधि हुने र मिड देखि हाई एन्ड इलेक्ट्रिक सवारीमा प्रयोग गरिने बताए भने २०३० देखि २०३२ मा मेनस्ट्रिम ईभी बजारमा सल्फाइड सोलिड स्टेट ब्याट्रीको प्रयोग हुनेछ ।
आगामी तीन वर्ष सम्म सोलिड स्टेट ब्याट्रीले चुनौतीको सामना गर्ने, तर पाँच वर्ष भित्रै यो अझै सम्भाव्य हुने बीवाईडीका चिफ साइन्टिस्ट तथा अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटका डिन लियान युबोले बताए ।
लियानले आगामी १५ देखि २० वर्ष सम्म मूल्य र स्थिरताका कारण लिथियम आइरन फस्फेट अर्थात एलएफपी ब्याट्री नै सान्दर्भिक हुने भएकाले यो अवधिमा हाई–एन्ड मोडलमा मात्र सोलिड स्टेट ब्याट्रीको प्रयोग हुने समेत बताए ।
सो अवसरमा एआईको प्रयोगबाट ब्याट्री उत्पादनमा लाग्ने लागतलाई ७० देखि ८० प्रतिशत सम्म घटाउन सकिने वारेमा समेत चर्चा भएको थियो ।
चाइना अल–सोलिड–स्टेट ब्याट्री कोलाबोरेटिभ इनोभेसन प्लेटफर्म (सीएएसआईपी) ले सो समिटको आयोजना गरेको थियो । सीएएसआईपीको स्थापना २०२४ को जनवरीमा भएको थियो, जसमा बीवाईडीको फिनड्रिम्स ब्याट्रीका साथै सीएटीएल, नियो, सीएएलबी, ईभीई इनर्जी र गोसन हाई–टेक लगायतका चाइनिज अटो मेकर र ब्याट्री निर्माता कम्पनीहरुको सहभागिता छ ।
यसै सन्दर्भमा हालै अर्को समाचार समेत सार्वजनिक भएको छ । यस अनुसार बीवाईडीले ब्राजिलको ‘लिथियम उपत्यका’ मा खानी अधिकार सम्बन्धी सम्झौता हात पारेको छ। यो कदम चीन बाहिर पश्चिममा विस्तार हुँदै जाँदा यसको सबैभन्दा ठूलो योजना हुन सक्छ।
रोयटर्सको रिपोर्ट अनुसार, बीवाईडीले २०२३ मा ब्राजिलको लिथियम–समृद्ध भागमा दुई प्लट जग्गाको खानी अधिकार प्राप्त गरेको छ, यसका साथमा चीन बाहिरको यसको सबैभन्दा ठूलो बजारमा खानी व्यवसायमा प्रवेश गरेको छ।
यद्यपि बीवाईडीले आधिकारिक रुपमा यस वारेमा जानकारी सार्वजनिक गरेको छैन ।































प्रतिक्रिया