रौतहट । रौतहटको दक्षिणी भेगमा किसानले लगाएको बालीमा नीलगाईले क्षति गरेको छ । नजिकको जंगल वा कासघारीमा लुकेर बसेका नीलगाईले गहुँ र दलहन–तेलहन बालीमा क्षति पुर्याउँदा कृषक चिन्तित बनेका हुन् ।
प्रायः साँझ र बिहान नीलगाईले बालीमा क्षती गर्ने गरेको किसान रामजी कलवारले बताए । उनका अनुसार कहिलेकाहीँ नीलगाई दिउँसोसमेत खेतीबालीमा देखा पर्छ । प्रत्येक वर्ष नीलगाईले विभिन्न बालीमा क्षति गर्दै आएको भएपनि अहिलेसम्म उचित ब्यवस्थापन नभएको उनको गुनासो छ ।
आफूले विभिन्न निकायमा खबर गरेपनी यसको सुनुवाइ नभएको उनले बताए । अब नीलगाईका कारण खेतमा बाली लगाउन समेत मुस्किल भएको उनको भनाइ छ । आफूले करीब एक बिगाह खेतमा लगाएको गहुँ नीलगाईले क्षति गरेको उनको दुःखेसो छ ।































प्रतिक्रिया