काठमाडौँ । केबुलकार निर्माणको विषयलाई लिएर पछिल्ला दिनमा तात्लेजुङ अशान्त बन्दै गइरहेको छ ।
जसको कारण नो केवुलकार समूह र प्रहरीबीच पटक पटक आमुसामुने हुँदै झडपको रुप लिदै गइरहेको छ । शनिबार राती पनि यस्तै घट्ना भए पछि स्थानीय प्रशासनले ताप्लेजुङमा निषेध आदेश जारी गरेको छ । झडपका घटना बढ्दै गएर हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको हो । शनिवार साँझ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेध आदेश जारी गरेका हुन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६. उपदफा ३ (क) बमोजिम उक्त आदेश जारी भएको उल्लेख गरिएको छ।
ताप्लेजुङ जिल्ला फुडलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थितिको सूजना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिका कारण आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मको लागि निषेध आदेश जारी गरिएको छ
निम्न बमोजमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी आदेश जारी गरिएको छ।
‘घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणको लागि जानकारी गराइन्छ,’ आदेशमा भनिएको छ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीच पटकरपटक झडप भएका छन्।
निषेधाशा लागू हुने क्षेत्रको चार किल्ला
१) फुङलिङ नगरपालिका बजार क्षेत्र
पूर्व (फुङलिङ नगरपालिका वार्ड नं ७, सन्तेरी),
पश्चिम (फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर बत्ताङ धारा कक्षेत्र सम्म),
उत्तर (फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानी),
दक्षिण (फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोस (मेटनरी कञ्चनजंघा टोल) ।
२) काफ्लेपाटी (बल्लुडाँडा क्षेत्र
पूर्व (पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका)
पश्चिम (बल्लुडाँडार डडेले इलाका)
उत्तर (केबलकार बेस स्टेशन, पानीको मुहान इलाकाको १०० मिटर)
दक्षिण (नयाँ बसपार्क इलाकाको १०० मिटर )जंगल इलाका समेत) ।






























प्रतिक्रिया