इन्स्पेक्टर मृत्यु प्रकरण : सिनियर इन्स्पेक्टरविरुद्ध परिवारले दिए आत्महत्या दुरुत्साहनको जाहेरी

इन्स्पेक्टर मृत्यु प्रकरण : सिनियर इन्स्पेक्टरविरुद्ध परिवारले दिए आत्महत्या दुरुत्साहनको जाहेरी

केन्द्रबिन्दु
552
Shares

काठमाडौं । सशसत्र प्रहरी बल (एपीएफ)मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको शङ्कास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ ।

शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

महतको परिवारले उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको दाबी गरिएको छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

उक्त घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

Skip This
Skip This
Logo