६ बर्षदेखि पत्रकारको तलब नबढ्नु दुःखद् : अध्यक्ष शर्मा

६ बर्षदेखि पत्रकारको तलब नबढ्नु दुःखद् : अध्यक्ष शर्मा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ६ वर्षदेखि पत्रकारहरुको परिश्रमिक नबढ्नु दुखद भएको बताइन् । उनले कर्मचारीका लागि हरेक वर्ष न्यूनतम पारिश्रमिक बढ्नुपर्ने सरकारकै नीतिहरुमा भएकाले परिश्रमिक बढ्नुपर्ने बताइन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्धमा गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष शर्माले भनिन्, ‘६ वर्षदेखि पत्रकारहरुको परिश्रमिक बढेको छैन । सरकारले सरकारी निकायमा काम गर्ने कर्मचारीका लागि हरेक वर्ष न्यूनतम पारिश्रमिक बढ्नुपर्छ भनेर सरकारका नीतिहरु तयार छन् । तर श्रमजिवी पत्रकारहरुको हकमा ६ वर्षदेखि तलब बढ्न नसक्नु भनेको आफैंमा दुखद कुरा हो ।’

Skip This
Skip This
Logo