बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ

बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ

केन्द्रबिन्दु
174
Shares

वालिङ । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कास्की जिल्ला अदालतले फागुन २ गते जबरजस्ती करणी मुद्दामा गिरीलाई पक्राउको अनुमति दिएको प्रहरीको भनाई छ । पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको प्रकृति भने खुलाएको छैन ।

Logo