काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रबाट ट्रकमा २५ करोड बढी रकमसहित पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामासँग भरिया मात्रै रहेको खुलेको छ ।
भोटेकोशी गाउँपालिका -१ का कुसाङलाई आज बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो। बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनी चालक भइ भरियाको रुपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
तर, उनी कसको लागि काम गर्छन् त्यो भने खुलेको छैन ।
कुसाङ सुन तस्करीमा २०७३ सालमा पक्राउ परेर पाँच वर्ष जेल जिवन बिताई ७८ मा छुटेका थिए । त्यसबेला उनी ७ किलो सुन सहित पक्राउ परेका थिए। त्यसपछि उनी फेरि सुन तस्करीमा नै सक्रिय रहेको खुलेको छ। प्रहरीले उनको साथबाट उक्त रकम, एक थान मोबाइलसहित गाडी बरामद गरेको छ।





























प्रतिक्रिया