व्यक्तिगत रिसीईबीका कारण जनकपुरधामका वडाध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको विवादले उग्ररुप लिँदै

व्यक्तिगत रिसीईबीका कारण जनकपुरधामका वडाध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको विवादले उग्ररुप लिँदै

केन्द्रबिन्दु
54
Shares

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले मनपर्दी गर्दै आएको आरोप लगाइएको छ ।

स्थानीय महेन्द्र मेडिकल प्रालिका सञ्चालक एवं जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साहसहित सो वडाका सदस्यहरुले यस्तो आरोप लगाएका हुन् । सञ्चालक साहले पत्रकार सम्मेलन आयोजना गरी व्यक्तिगत रिसइवीका कारण मनपर्दी गर्दै वडाध्यक्ष साहले चार किल्ला सिफारिस दिन नमानेको आरोप लगाए ।

यता साहले आफूले चापाकल नगडाई दिएको कारण त्यसको रिसइवी जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा समेत आफूविरुद्ध सामाजिक सञ्जालमा समेत अनाप सनाप लेखेको, उपमहानगरपालिकामा मापदण्ड विपरित भवन निर्माण गरेको भनी उजुरी दिनुका साथै अहिले आएर चार किल्ला सिफारिस दिन नमानेको गुनासो गरे ।

घटना बारे सुनाउँदै उनले भने, ‘आफूले घर निर्माण गर्दा उपमहानगरको मापदण्ड अनुसार छोडिएको सेटब्याकमा घर चढन सिढी निर्माण मात्र गरेको हो । त्यसका लागि आफूले विगतमा ३ हजार रुपैया जरिवाना समेत तिरिसकेको छु ।’

आफूविरुद्ध वडाध्यक्ष साहले उपमहानगरपालिकामा उजुरी दिंदा त्यसको म माथि पुनः ५ हजार रुपैया जरिवाना गरियो । जरिवाना तिर्नुको अर्थ आफ्नो भवन सदर भइसक्यो । जब उपमहानगरपालिकाले सदर गरिसकेको छ, त्यसमा वडाले विवाद गर्नुको कुनै औचित्य छैन ।

पत्रकारहरुको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष साहले भने, ‘उपमहानगरको आदेशमा पनि वडाध्यक्षलाई आपति छ भने चार किल्ला सिफारिससँग कुनै सरोकारै छैन । यदि उहाँलाई आपति छ भने भोलीका दिन उपमहानगरपालिका कार्यपालिका बोर्ड वा अन्य कुनै न्यायपालिकाले दिने दण्ड सजाय भोग्न तयार छु । तर अहिले चारकिल्ला सिफारिस रोक्नु भनेको पदीय मनपर्दी गर्नु बाहेक केही होइन ।’

उनले थप्दै भने, ‘मैले निर्माण गरेको घर मापदण्ड विपरीत छ भने अवडाध्यक्ष साहले आफ्नै वडा नम्बर–२ मा मापदण्ड बिपरीत घर निर्माण गरेको र नक्सा पास समेत नरहेकोले त्यसमा पनि कारवाही हुनुपर्यो ।’ साहले भोलिका दिनमा उक्त सडक ४ मिटर बनाउने तयारी गर्दा आवश्यकता परेको खण्डमा सेड ब्याकलाई तोड्न तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा उपस्थित जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि वडाध्यक्ष साहले व्यक्तिगत रिसइवी साध्न पदीय आडमा मनपर्दी गर्न खोजेको आरोप लगाए । उनका अनुसार वरिष्ठ उपाध्यक्ष साहले गरेको गलतीको पटक पटक जरिवाना तिरिसकेको छ । तर चारकिल्ला सिफारिससँग कुनै सरोकार छैन ।

मापदण्ड विपरित नै भवन छ भने आफू स्वयं वडा कार्यालयमा गएर वडाध्यक्षजीसँग उपहानगरपालिकाले गरेको सजाय विगतमा पनि भोगिसकेको आउने दिनमा पनि भोग्न तयार छ । तर चारकिल्ला सिफारिस नरोक्न आग्रह मात्र होइन उपमहागरका वकिलसँग समेत भवन मापदण्डसँग चारकिल्लाको सरोकार नरहेको भनाई सकेपनि नदिनु गलत हो । यस्तै वडा सदस्य रितेश भगतले आफू चारै सदस्यले पनि चारकिल्ला सिफारिस नरोक्न आग्रह गरेपनि नमानेको भने । उनले यो पहिलो घटना होइन यस्ता कयौं घटना छन जसमा वडाध्यक्षजीले मनपर्दी आएका छन् ।

यसअघि वडाध्यक्ष साहले पनि एक पत्रकार सम्मेलन गरी महेन्द्र मेडिकलको नवनिर्मित भवनलाई मापदण्ड बिपरीत रहेको आरोप लगाउँदै मुद्दाको निर्क्याैल नभएसम्म चारकिल्ला सिफारिस नदिने बताए ।

पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘मापदण्ड बिपरीत निर्माण गरिएको भवनको विषयमा न्यायिक समितिले दिएको फैसला चित्तबुझ्दो छैन । त्यसैले हामी न्यायालयसम्म जाने योजना बनाएका छौं ।’

साहले भवनको निर्माण कार्यमा मापदण्डको उल्लंघन मात्र नभइ महेन्द्र मेडिकलको सञ्चालक मनोज कुमार साहले ४० फिटभन्दा बढी उचाइको घर बनाएको दाबी पनि गरे । उनले वडाको जनसमुदायको बैठकमा यो मुद्दालाई गम्भीरताका साथ लिइएको र मापदण्ड बिपरित कुनै पनि निर्माण कार्य नगर्न चाहिने निर्णय गरेको पनि जानकारी दिए ।

महेन्द्र मेडिकल प्रालिको नाममा दर्ता रहेको वडा नम्बर–३ स्थित सिट नम्बर १३९५–०५ र १३५५–२५ को कित्ता नम्बर ६६ र २२६ को ०–०–०–२.५ र ०–०–१०३ जग्गा २०८० चैत ७ गते नक्सा पास गरेविपरीत घर निर्माण र सेट ब्याक ५ फिट नछाडेर निर्माण गरेकोमा विवाद रहेको छ ।

Skip This
Skip This
Logo