रौतहटमा दमकलको अभाव

रौतहटमा दमकलको अभाव

केन्द्रबिन्दु
15
Shares

रौतहट । रौतहटका अधिकांश स्थानीय तहमा बरुण यन्त्र (दमकल) आवश्यकता भन्दा कम हुँदा आगलागीका घटना समस्या हुने गरेको छ ।

अहिले हावाहुरीको मौसम भएकोले आगलागीका घटना भइहालेमा नियन्त्रण गर्नका लागि यहाँ दमकलको अभावले अधिक क्षति हुने गरेको देखिएको हो । गाउँमा अधिकांशको फुसको कच्ची घर हुने भएकाले अगालागीको घटनामा धेरै क्षति हुने गरेकाले समयमा नै जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने कटहरियाका प्रकाश श्रेष्ठले बताए ।

नगरपालिकाको बजेटबाट आफनो प्रयोगका लागि साधन खरिदमा जनप्रतिनिधिले चासो दिएपनि दमकल खरिदतर्फ चासो नदिएको उनको आरोप छ । १८ स्थानीय तहमध्ये तीन/चारवटा नगरपालिका वाहेक अन्यसंग दमकलको अभाव छ । चन्द्रपुर ,गौर र गरुडा लगायतसंग दमकल भएपनि विभिन्न कारणले समयमा घटनास्थलमा नपुग्ने गरेको स्थानीयको आरोप छ ।

जिल्लामा वारुणयन्त्र कम हुँदा आगलागीका घटनामा समस्या भइरहेको र यसतर्फ पालिकाले चासो दिनुपर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए । एउटा पालिकाले मात्र वारुणयन्त्र खरिद गर्न नसकेमा मिलेर खरिद गर्न उनले आग्रह गरे ।

सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत रहेकाले सबै स्थानीय तहलाई तत्काल दमकल खरिदको प्रक्रिया थाल्न उनले सुझाव दिए । सबै नगरपालिका तथा गाउँपालिकाले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नी नियन्त्रण योजना, आपतकालीन सन्देश प्रवाह पद्धतिबारे नयाँ योजना ल्याउन आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Logo