कैलालीको जंगलमा बसेका डेढ सयभन्दा बढी विदेशी नागरिकलाई प्रशासनको २४ घण्टे अल्टिमेटम

कैलालीको जंगलमा बसेका डेढ सयभन्दा बढी विदेशी नागरिकलाई प्रशासनको २४ घण्टे अल्टिमेटम

केन्द्रबिन्दु
399
Shares

काठमाडौं । कैलालीको सिमली क्षेत्रको जंगलमा बसेका डेढ सयभन्दा बढी विदेशी नागरिकलाई २४ घण्टाभित्र उक्त क्षेत्र खाली गर्न प्रशासनले निर्देशन दिएको छ ।

पर्यटन भिसामा नेपाल आएका अमेरिका, चीनसहित विभिन्न युरोपेली मुलुकका नागरिकहरू दुई सातादेखि घोडाघोडी -९ को सिमली जंगलमा बसिरहेका थिए । ती विदेशी नागरिकहरू अर्धनग्न भएर हिँड्ने, अस्वभाविक गतिविधि गर्नेजस्ता स्थानीयवासीबाट गुनासो आएपछि पुगेकाे प्रशासनले यस्तो निर्देशन दिएको हो ।

‘रेन्बो फेमली ग्यादरिङ’ नामका उनीहरूले जंगलमा बस्न कुनै पनि निकायबाट अनुमति लिएका छैनन् । उनीहरुले आफूहरू प्रकृतिमा रमाउने नेचर लभर भएको र विभिन्न देशमा पुगेर जंगलमा बस्ने गरेको बताएका छन् ।

Logo