स्काउटको प्राङ्गणमा आमरण अनसन बसेका अधिकारीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

स्काउटको प्राङ्गणमा आमरण अनसन बसेका अधिकारीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

केन्द्रबिन्दु
204
Shares

काठमाडौं । अनसन बसेका नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनको छाती दुख्ने लक्षण देखिएको हाे ।

स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले उनलाई औषधी खानुपर्छ भनेका थिए तर अधिकारीले औषधी लिन नमाने पछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको हो । उनलाई फ्रन्टलाइन हस्पिटलमा भर्ना गरिएको छ ।

अधिकारी र पवन गुरुङ चैत १३ गतेदेखि स्काउट केन्द्रिय कार्यालयको प्राङ्गणमा अनसन बसेका थिए । स्काउटका निर्देशक रामप्रसाद भट्टराईले गरेको आर्थिक हिनामिना गरेको आरोप उपर छानविन गर्नुपर्ने ४ सुत्रीय माग उनीहरुकाे छ ।

उनीहरुले नेपाल स्काउटभित्र भएका अनियमितताको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरिनु पर्ने, स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन गरी कर्मचारी हितलाई संरक्षण गरिनु पर्ने, नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोपको निष्पक्ष छानबिन गरिनु पर्ने र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्ने र स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाइ संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गरिनु पर्ने माग राखेका छन् ।

Skip This
Skip This
Logo