सिरहामा विभेद प्रकरणः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

सिरहामा विभेद प्रकरणः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

केन्द्रबिन्दु
12
Shares

सिरहा । सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्न भनी दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव शुक्रबार धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत सिरहाका न्यायाधीश विदुर काफ्लेको इजालसले जनही रु.एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो। स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकामा शुक्रबार थुनछुक बहस भएको हो।

वैशाख १९ गते अदालतमा हाजिर हुन जिल्ला अदालतले आदेश दिएको छ। यही चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो। महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका जसपा जिल्ला सदस्य शिवजी यादव र समिति सचिव रहेका दिलीपकुमार यादव गत चैत ८ गते पक्राउ परेका थिए।

दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने फरार छन्।

Skip This
Skip This
Logo