सुर्खेत । मुटु कलेजो जोडिएका जुम्ल्याहा छोरीहरुको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की ललिता बुढाले मुटु र कलेजो जोडिएका छोरीहरुलाई जन्म दिएकी थिईन् । उनीहरुको शरीर पनि जोडिएको थियो ।
बालिकाकाहरुको मुटु र कलेजो एउटै भएकाले शल्यक्रिया गरेर शरिर छुट्टाउने सम्भव नभएकोले प्रदेश अस्पतालमै उपचार भइरहेको अवस्थामा उनीहरुको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका बाल रोग बिशषज्ञ डा. नवराज केसीले जानकारी दिए ।
एउटै मुटु कलेजो भएकाले उनीहरुको श्वासप्रवास बढेको थियो । एउटै मुटु कलेजो हुँदा अप्रेशन गरेर अलग गर्न सकिने अवस्था थिएन ।































प्रतिक्रिया