काठमाडौं । राजावादीले तीनकुनेमा गरेको आन्दोलनका क्रममा प्रहरीको हतियार खोस्ने युवा पक्राउ परेका छन् । सशस्त्र प्रहरीको अश्रु ग्यास प्रहार गर्ने बन्दुक खोसेका उक्त युवा पक्राउ परेता पनि हतियार भने फेला नपरेको बताइएको छ ।
हतियार खोसेर लगेको फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । अहिले हतियारको खोज साथै ति युवालाई म्याद थप गरी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
आन्दोलनको नाममा अराजक गतिविधि निम्तिदा उक्त क्षेत्रमा करोडौं रुपैयाँको क्षति भएका छ । साथै, घरमा आगो लगाउने, सिसा फुटाउने, लुटपाट गर्नेलाई प्रहरी समाती रहेको छ भने फरार दुर्गा प्रसाईंको तीव्र खोजी कार्य भइरहेको बताइएको छ ।
शुक्रबार भएको उक्त आन्दोलनले उग्र रूप लिएको विषयले देशको माहोल खलबलिएको छ । आन्दोलनमा सहभागी भइ क्षति पुर्याएकाहरुलाई कडा कारबाहीको माग आम नागरिकले राखी रहेका छन् । यद्यपि अनुसन्धान भने चलिरहेको र कारबाही हुने समेत प्रहरीले बताउँदै आएको छ ।





























प्रतिक्रिया