बालेन र राजु पाण्डेप्रति कर्मचारी युनियनको आपत्ति, हस्तक्षेप सहेर बस्न नसक्ने चेतावनी

बालेन र राजु पाण्डेप्रति कर्मचारी युनियनको आपत्ति, हस्तक्षेप सहेर बस्न नसक्ने चेतावनी

केन्द्रबिन्दु
381
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयलाई लिएर कर्मचारी युनियन र कर्मचारी संघले आपत्ति जनाएका छन् । मुलुकी अपराध संहिताको दफा ६६ र ८६ सम्झाउँदै कर्मचारी युनियन र कर्मचारी संघले बिहीबार एक विज्ञप्ती जारी गरी शाह र पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।

संघले जारी गरेको संयुक्त विज्ञप्तिमा विगत तीन महिनादेखि प्रशासनिक नेतृत्व विहिनहुँदा समग्र काठमाडौं महानगरपलिकाको प्रशासनिक संयन्त्र अस्त व्यस्त बनेको छ । महानगरपालिका कोषबाट पारिश्रमिक लिने शिक्षक, सफाई मजदुर लगायत सम्पूर्ण कर्मचारीहरुले महिनौंदेखि पारिश्रमिक नपाउँदा झन्डै ५००० पेशाकर्मीहरुको दैनिकी चल्न नसकेको उल्लेख गरिएको छ ।

महानरपालिकाले समयमा आफूले दुःख गरेर कमाएको मासिक तलब नदिदाँ बालवालिकाहरुको वार्षिक परिक्षाको शुल्क बुझाउन समेत गाह्रो भएकोमा मेयर शाह र नगर प्रहरीले दादागिरी गरिरहेको भन्दै कर्मचारी संघले आपत्ति जनाएका छन् ।

प्रशासकीय अधिकृतको अभावमा महानगरको विकास निर्माण लगायतका कार्यहरु ठप्प छन् । तर मेयर शाह र प्रहरी प्रमूखको मनपरितन्त्रका कारण महानगरका सम्पूर्ण विकास निर्माणका कार्य र सेवासुविधामा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बाधा पुगेको जारी विज्ञप्तीमा उल्लेख छ ।

बिहीबार काठमाण्डौं महानगरपालिकामा नगरकार्यपालिकाको कार्यालयमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन कार्यालयमा उपस्थित हुने क्रममा नगर प्रहरीबाट भएको अवरोधको कर्मचारी युनियन र कर्मचारी संघले आपत्ति जनाउँदै मेयर शाहलाई आफूहरुले तलब नपाए अब महानगरको धम्की सहेर बस्न नसक्ने बताएका छन् ।

Logo