दुर्गा प्रसाईंसँगै उनका बडीगार्ड पक्राउ परेको नेपाल प्रहरीद्वारा पुष्टि

दुर्गा प्रसाईंसँगै उनका बडीगार्ड पक्राउ परेको नेपाल प्रहरीद्वारा पुष्टि

केन्द्रबिन्दु
195
Shares

इटहरी । गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ । उनका अनुसार प्रसाईको साथबाट उनका बडीगार्ड दिपक खड्का पनि नियन्त्रणमा आएका छन् ।

आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडीगार्ड दिपक खड्का पनि सँगै छन् ।’

Logo